एकै परिवारले स्थापना गरे तीन विद्यालयमा अक्षयकोष « Khabarhub

एकै परिवारले स्थापना गरे तीन विद्यालयमा अक्षयकोष


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरका एकै परिवारले तीनवटा विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन् । जनता आधारभूत विद्यालय, सन्त माध्यमिक विद्यालय र सावित्रा माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो ।

षडानन्द नगरपालिका-१ नेपालेडाँडा, खेवाछास्थित जनता आधारभूत विद्यालयका संस्थापक स्वर्गीय ज्ञानबहादुर खड्काको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ।

विद्यालय व्यवस्थापन समितिमा रहेर समेत काम गरेका खड्काको स्मृतिमा उनका तरिवारले तीनवटा विद्यालयहरूमा अलग-अलग अक्षयकोष स्थापना गरिदिएका हुन् ।

खड्काको वार्षिक पुन्य तिथिको अवसरमा गत पुस १८ गते उनका परिवारका सदस्यहरूले जनता आधारभूत विद्यालयसहित तीनवटामा अक्षयकोष राखेका हुन् ।

जनता आधारभूतको अक्षयकोषको राशि १ लाख ५० हजार ६ सय १९ रुपैयाँ छ । यसैगरी सन्त माध्यमिक विद्यालयमा १ लाख २५ हजार ६ सय १९ रुपैयाँको अक्षयकोष राखिएको छ । उता सावित्रा माध्यमिक विद्यालयमा पनि १ लाख ५ हजार ६ सय १९ रुपैयाँको अक्षयकोष राखिएको हो ।

स्वर्गीय ज्ञान बहादुर खड्काकी पत्नी सावित्रा खड्का, छोरा बुहारीहरू टोपेन्द्र–तुलसा खड्का, ऋद्धिकुमार–सन्तोषी कोइराला खड्का, ठमराज–सरस्वती थापा खड्का र छोरी/ज्वाइँ लक्ष्मी खड्का (भट्टराई)–शम्भु भट्टराईले ज्ञानबहादुरको नाममा अक्षयकोषको स्थापना गरेका हुन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १२ : ०३ बजे

कानुनमन्त्री सोविता गौतमद्वारा न्याय परिषद् र न्याय सेवा आयोगसँग छलफल

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले

सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची