आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु  « Khabarhub

आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु 


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतमा हिन्दु धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बिहीबार बताएका छन् ।

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा रहेको श्री वेङ्कटेश्वर स्वामी (तिरुपति) मन्दिरको दर्शनका लागि प्रवेश द्वारमा टोकन लिन ठूलो भीड जम्मा भएका समय एकाएक भागदौड मच्चिएको थियो । 

‘हजारौँ धर्मावलम्बी भेला भएको मन्दिर परिसरमा भएको दुर्भाग्यपूर्ण घटनामा छ जना भक्तजनको ज्यान गएको छ । दिवङ्गत आत्माको शान्तिका लागि म भगवानसँग प्रार्थना गर्दछु,’ राज्यको सत्तारुढ तेलुगु देशम पार्टीका प्रवक्ता प्रेमकुमार जैनले घटनाको पुष्टि गर्दै दुःख व्यक्त गरे । 

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्  । 

प्रधानमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनिएको छ, ‘यस दुःखद घडीमा घटनामा ज्यान गुमाएका भक्तजनप्रति श्रद्धाञ्जली अर्पण गर्दछु, साथै, घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्य र आफन्तजनप्रति समवेदना व्यक्त गर्दछु ।’

भारतका प्रमुख धार्मिक चाडहरूमा भिडभाड व्यवस्थापन र सुरक्षाको कमीका कारण धार्मिक स्थलहरूमा घातक दुर्घटनाहरू हुने गरेका छन्।

गत वर्ष जुलाईमा उत्तर प्रदेशमा हिन्दु धर्मावलम्बीको धार्मिक जमघटका क्रममा १२१ जनाको मृत्यु भएको थियो ।

सन् २०१६ मा दक्षिणी केरला राज्यको एक मन्दिरमा नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतशबाजी प्रदर्शनका कारण भएको विस्फोटमा परी ११२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १ : ३० बजे

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी

हायसको ठक्करबाट एक जनाको मृत्यु

बाँके– राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट

संसद्‍मा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दालाई बन्देज काम हुँदैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले संसद्‍मा लोकतान्त्रिक प्रणालीलाई

कञ्चनपुर-कमला सडक विस्तारमा ढिलासुस्ती

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्ती र

जनताप्रति जबाफदेही भएर काम गर्छौँ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफूहरू जनताप्रति