चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक  « Khabarhub

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक 


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कथानक चलचित्र गुरु आमाको पहिलो पोस्टर सार्वजनिक भएको छ । 

बुधबार एक कार्यक्रमका बिच चलचित्र निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् ।

चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धुर्व कोइराला, उत्तम के.सी, गिरी बहादुर पुन लगायतका कलाकारको उत्कृष्ट अभिनय छ ।

निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले चलचित्र ‘गुरुआमा’ छिट्टै दर्शकहरूमाझ ल्याउने तयारी भइरहेको बताए । 

उनका अनुसार चलचित्रले शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्धलाई उजागर गरी समाजलाई प्रेरणा दिने छ ।

‘चलचित्रले किशोर किशोरी कसरी दुर्व्यसनमा फस्छन्, सन्तान बिग्रनुमा सङ्गत र अभिभावक कत्तिको जिम्मेवारी हुन्छन् भन्ने विषय छर्लङ्ग देखाएको छ’ सुनारले भने, ‘आशा छ यो चलचित्र हेरिसकेपछि सन्तानको सुन्दर भविष्य निर्माणमा र सन्तानलाई गलत प्रवृत्तिबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ३ : ०७ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको