कीर्तिपुर अस्पताल पुगेर स्वास्थ्यमन्त्रीले भने- निःशुल्क उपचारको दुरुपयोग हुन नदिनुस् | Khabarhub Khabarhub

कीर्तिपुर अस्पताल पुगेर स्वास्थ्यमन्त्रीले भने- निःशुल्क उपचारको दुरुपयोग हुन नदिनुस्


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितहरूको उपचार अवस्थाबारे जानकारी लिएका छन् ।

मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरूको निःशुल्क उपचारका लागि निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

काठमाडौं २८ कमलपोखरीस्थित एक मःमः आउटलेट आगलागीका क्रममा जलेर घाइते बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिँदै मन्त्री पौडेलले बिरामीहरूका गुनासा सुने ।

मन्त्री पौडेलले अस्पतालका अधिकारीहरूसँग अन्तर्क्रिया गर्दै निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिने निश्चित गर्न आग्रह गरे ।

सरकारले आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले नसक्नेलाई निःशुल्क उपचार व्यवस्था गरेका हौँ, मन्त्री पौडेलले भने, सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला ।

उनले जलन प्रभावितहरूको उपचारका क्रममा अस्पतालले भोग्नु परेका समस्याहरू तथा बिरामीका गुनासा दुवै सुने । उनले जलनको समस्या बढिरहेको भन्दै उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्‍याउनुका अलावा समस्या बढ्न नदिन सचेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्ने समेत बताए । मन्त्री पौडेलले भने, ‘जलन प्रभावितको उपचार प्रभावकारी बनाउन हामी यथासम्भव विकल्पका लागि तयार छौँ ।’

मन्त्री पौडेलले आर्थिक अभाव भोगेका नागरिकलाई निःशुल्क उपचारका लागि भन्दै अस्पतालमा उपचारका लागि कीर्तिपुर नगरपालिकामार्फत दुई करोड रुपैयाँ निकासा गरेको मन्त्रालयले जनाएको छ ।

यसबाहेक सरकारी वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समस्या भोगेका बिरामीहरूको निःशुल्क उपचार भइरहेको छ ।

मन्त्री पौडेलको सचिवालयका अनुसार कीर्तिपुर अस्पतालमा १८ बेडको बेग्लै अस्पताल भवनका लागि चौधरी समूहबाट प्रतिबद्धता प्राप्त भएको छ । 

गत साता मन्त्री पौडेलसँग चौधरी ग्रुपका सञ्चालक एवं सांसद विनोद चौधरी तथा जलन पीडित सांसद चन्द्र भण्डारीसहितको टोलीले भेट गरेको थियो ।

करिब १८ करोड लागतमा समूहले प्रतिबद्धता जनाएको अस्पतालका लागि केही दिनमै समझदारी गरेर काम अघि बढाउने तयारी भइरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  २ : ३० बजे

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ– जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट

वरुण धवनले भने- अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ

काठमाडौं– बहुप्रतिक्षित फिल्म सन्नी संस्कारीकी तुलसी कुमारीको ट्रेलर सोमबार सार्वजनिक