जाजरकोटमा सुन्तला बेचेर २२ करोड बढी आम्दानी « Khabarhub

जाजरकोटमा सुन्तला बेचेर २२ करोड बढी आम्दानी


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले २२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

जाजरकोट कृषि विकास कार्यालयका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले २२ करोड दुई लाख ७१ हजार पाँच सय आठ रुपैयाँ आम्दानी गरेका हुन् ।

जिल्लाबाट दुई हजार सात सय ५३ मेट्रिक टन सुन्तला अन्य जिल्ला खपत भएको कार्यालयका सूचना अधिकारी नवीनराज आचार्यले जानकारी दिए । 

जिल्लामा छ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आइएको छ । गत वर्षको तुलनामा किसानले बोटबाट मनग्य मूल्य पाएकाले बजारीकरणमा समस्या नपरेको उनले बताए । 

‘यस वर्ष बोटबाट ५० देखि ८० रुपैयाँ प्रतिकिलो सुन्तला बिक्री भएको छ । किसानले सुरुमा ५० रुपैयाँमा बिक्री गरेकामा अन्तिम समयसम्म प्रतिकिलो ८० रुपैयाँसम्म मूल्य पाएका हुन्’, आचार्यले भने । 

उनका अनुसार जिल्लाको कुसे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिका, बारेकोट गाउँपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । 

किसानको खेतबारीमा पुगेर मल प्रयोग, काँटछाँट तथा औषधि दिनेसम्मको प्राविधिक सहायता दिएर सहयोग गरिरहेको सूचना अधिकारी आचार्यले बताए ।

कुसे–५ दम्दालाका किसान रामबहादुर मल्लले पछिल्लो समय सुन्तलाखेतीबाट मनग्य आम्दानी हुनुका साथै बजारीकरणको समस्या नरहेको बताए । पहिले सुन्तलाका लागि बजारको समस्या भए पनि अहिले सुर्खेत, नेपालगञ्जबाट व्यापारी बारीमा पुग्ने खरिद गरेका उनको भनाइ छ । 

पहिले अन्नबाली लगाउने खेतबारीलाई किसानले आजभालि सुन्तला बारी बनाउन लागेका कुसे–५ दम्दालाकी जानुका मल्लले बताइन् । उनका अनुसार खेतीपातीभन्दा सुन्तलाबाट आम्दानी बढी हुने भएकाले यसतर्फ आकर्षित भएका हुन् ।

पछिल्लो समय जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय, पालिकाका कृषि शाखाले किसानका लागि प्राविधिक तथा यान्त्रिकीकरणमा सहयोग गर्दै आएका छन् । 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  २ : ५४ बजे

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन

प्रस्तावित प्रधानन्यायाधीशको उजुरी अध्ययन गर्न समय माग्दै विपक्षी सांसद ‘फास्ट ट्र्याक’ को विरोध

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई

एमालेको प्रश्न: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा किन हतारो ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तावित प्रधानन्यायाधीश

बाँके प्रहरीमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज– प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा

संघीय संसदका दुवै सदनको बैठक बस्दै, प्रि–बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि