धनगढी पुगेर परराष्ट्रमन्त्रीले भनिन्- लागूऔषध दुर्व्यसनीमा नफस्नुस्, साथीको लहलहैमा नलाग्नुस् « Khabarhub

धनगढी पुगेर परराष्ट्रमन्त्रीले भनिन्- लागूऔषध दुर्व्यसनीमा नफस्नुस्, साथीको लहलहैमा नलाग्नुस्


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लागूऔषध दुर्व्यसनीमा नफस्न सबैलाई आग्रह गरेकी छन्  ।

नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर समितिले आइतबार धनगढीमा आयोजना गरेको लागूऔषध दुर्व्यसनीविरुद्धको बृहत् पैदलयात्राको शुभारम्भ गर्दै उनले लागूऔषधको प्रयोग नगर्न सबैमा आग्रह गरेकी हुन्  ।

‘लागूऔषध एक पटक पनि प्रयोग नगर्नुहोस् । एक मात्राले पनि दिमागमा असर गर्छ । साथीहरूको लहलहैमा पनि नलाग्नुस्,’ मन्त्री देउवाले भनिन्, ‘सकारात्मक कुरा सोचौँ । आफ्ना घरपरिवारलाई सम्झिऊ, लागु औषध प्रयोगमा नलाग्नुस् । यसले कसैलाई राम्रो गर्दैन ।’

लागूऔषध दुर्व्यसनीमा फसेकालाई छोड्न आग्रह गर्दै उनले भनिन्, ‘लागूऔषधमा फसिसकेकाले त्यसबाट निस्कन सकिन्न भन्ने नसोच्नुस् । निस्कन सक्नुहुन्छ, मान्छेले चाहे जे पनि हुन्छ । आजकै दिनदेखि छोड्नुस् ।’

मन्त्री देउवाले लागूऔषध दुर्व्यसनी नेपालमा मात्रै नभएर भारतमासमेत ठूलो समस्याका रूपमा रहेको बताइन्  । उनले भनिन्, ‘लागूऔषधको समस्या पहिलेदेखि नै हो । यसले विशाल रूप लिएको देख्दा चिन्ता र दुःख लागेको छ । यहाँ पनि धेरै घरपरिवारमा यो समस्या छ । लागूऔषध दुर्व्यसनी नलाग्न म आग्रह गर्न चाहन्छु ।’
 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ३ : ०८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा