लाटोकोसेरो संरक्षणमा प्रतिबद्धता जनाउँदै मिथिला बिहारीमा सकियो १२औँ संरक्षण उत्सव  « Khabarhub

लाटोकोसेरो संरक्षणमा प्रतिबद्धता जनाउँदै मिथिला बिहारीमा सकियो १२औँ संरक्षण उत्सव 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

जनकपुर– लाटोकोसेरो तथा हुचिल संरक्षणमा प्रतिबद्धता जनाउँदै धनुषाको मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीमा आयोजित १२ औँ संस्करणको लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव सम्पन्न भएको छ । 

लाटोकोसेरो तथा हुचिल संरक्षण, अनुसन्धानको साथै विभिन्न प्रजातिका वन्यजन्तु अनुसन्धानमा तीन दर्शकदेखि लागिरहेको प्रकृतिका साथीहरू नामक संस्था र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा दुई दिने संरक्षण उत्सव भएको हो । 

महोत्सवमा सहभागी मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्रप्रसाद यादव, प्रदेश सांसदहरू लगायत जनप्रतिनिधिले लाटोकोसेरो तथा हुचिलले संरक्षमा प्रतिबद्धता जनाएका थिए । महोत्सवमा सहभागी स्थानीयले महोत्सव अघि लाटोकोसेरो तथा हुचिलका महत्वबारेमा जानकारी नहुँदा गरिँदै आएको व्यवहार अव परिवर्तन गरी संरक्षणमा लाग्ने बताएका छन् । 

पहिले लाटोकोसेरोले मुसा खाएर अन्नबाली जोगाउँछ भन्ने थाहा थिएन लाटोकोसेरो तथा हुचिल उत्सव भएपछि लाटोकोसेरो किसानको साथी हो भन्ने थाहा भएको स्थानीय बेतिनी देवी मण्डलले बताइन् । पहिले लाटोकोसेरो मारेर औषधीको रूपमा प्रयोग हुने गरेको पनि उनले सुनाइन् । 

स्थानीय कलम हुसेन पनि महोत्सवले लाटोकोसेरो महत्वका बारेमा जानकारी भएकोले संरक्षणमा लाग्न प्रेरणा मिलेका सुनाए । उत्सवमा सहभागी चरा विद्ध क्यारो इन्स्किपले लाटोकोसेरो तथा हुचिल संरक्षणकालागि आआफ्नो क्षेत्रबाट लाग्न अनुरोध गरेकी थिइन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ३७ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप