अर्थसंक्षेप : स्थानीयको भावनाविपरित केबलकार बनाउन नहुने सांसदको माग, साढे ११ अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : स्थानीयको भावनाविपरित केबलकार बनाउन नहुने सांसदको माग, साढे ११ अंकले घट्यो नेप्से


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन आइतबार नेप्से साढे ११ अंकले घटेको छ । राष्ट्रिय सभाका सदस्यहरूले स्थानीयको भावना विपरित पाथीभरामा केबलकार बनाउन नहुने माग गरेका छन् ।

जाजरकोटका किसानले सुन्तला बिक्री गरेर २२ करोड बढी आम्दानी गरेका छन् । पाथीभरा केबलकारको बार्ता आजपनि निष्कर्षमा पुग्न सकेन ।

आजका आर्थिक समाचार :

सांसदको माग- स्थानीयको भावनाविपरीत केबलकार बनाउन हुँदैन

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले स्थानीय जनताको भावना विपरीत पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्दा समस्या उत्पन्न भएको धारणा राखेका छन् । बैठकको विशेष समयमा उनीहरूले धार्मिकस्थलको परम्परागत विशेषता, प्राकृतिक र सांस्कृतिक महत्वलाई मासेर पूर्वाधार निर्माण गर्न नहुनेमा जोड दिएका हुन् ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले पाथीभरामा स्थानीय जनताको भावना विपरीत केबलकार निर्माण अघि बढाउँदा समस्या उत्पन्न भएकाले यथाशीघ्र समस्या समाधान गर्नुपर्नेमा जोड दिइन्  । उनले स्थानीय जनताको चाहना विपरीत केबलकार निर्माण गर्दा त्यहाँको धार्मिकस्थल विरोधस्थलका रूपमा परिणत भएको उल्लेख गरिन् । 

अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान

यहाँको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष तीन लाख रुपैयाँ आम्दानी गरिन् ।  यस वर्ष चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताइन् । 

त्यसैगरी बेनी नगरपालिका– २ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो अम्रिसो बिक्री गरेर दुई लाख रुपैयाँ आम्दानी गरेको बताए । यहाँका किसानले अम्रिसो प्रतिकेजी एक सय २५ रुपैयाँका दरले बिक्री गर्दै आएका छन् ।

जाजरकोटमा सुन्तला बेचेर २२ करोड बढी आम्दानी

जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले २२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

जाजरकोट कृषि विकास कार्यालयका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले २२ करोड दुई लाख ७१ हजार पाँच सय आठ रुपैयाँ आम्दानी गरेका हुन् ।

८ अर्ब बढीको कारोबारसहित साढे ११ अंकले घट्यो नेप्से

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.४९ अंकले घटेको छ । आज नेप्से ०.४२ अंकले घटेर २६८८.३१ विन्दुमा पुगेको छ । आज नेप्से घट्दा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता शेयर कारोबार भएको छ ।
 
आज ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

पाथीभरा केबलकार वार्ता : आन्दोलित पक्षले गृहमन्त्री खोजे, विवाद जहाँको तहीँ

ताप्लेजुङको मुक्कुमुलुङ-पाथीभरा केबलकार विवादमा आइतबार सरकार र आन्दोलित पक्षबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । काठमाडौंको बबरमहलस्थित बसेरा होटलमा भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको आन्दोलित पक्षकी वार्ताकार सरस्वता लिम्बूले बताइन् ।

उनका अनुसार २ घण्टासम्म भएको वार्तामा सरकारका तर्फबाट संयोजक तोकिएका गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई मात्रै उपस्थित थिए ।

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती गर्दै स्वास्थ्यकर्मी

जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवा सुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् । 

गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा यहाँका मानसिङ पुनले भने अवसर खोज्दै डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । उनी पेसाले स्वास्थ्यकर्मी छन् । दिउँसोको समय नागरिकको उपचारमा खटिने उनी फुर्सदको समय बारीमा काम गर्छन् ।

कालीगण्डकी करिडोर : मुस्ताङमा मोटर चल्ने थप तीनवटा पुल निर्माण

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङमा मोटर चल्ने थप तीनवटा पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका– २ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ६ छुसाङको नर्सिङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा ३१ करोड ७८ लाखको लागतमा मोटरेबल पुल निर्माण गरेको हो ।

सुनको मूल्य बढ्यो

स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुकबार प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार २०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला रु २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला रु एक हजार ९६० मा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : ५३ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज