अर्थसंक्षेप : स्थानीयको भावनाविपरित केबलकार बनाउन नहुने सांसदको माग, साढे ११ अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : स्थानीयको भावनाविपरित केबलकार बनाउन नहुने सांसदको माग, साढे ११ अंकले घट्यो नेप्से


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन आइतबार नेप्से साढे ११ अंकले घटेको छ । राष्ट्रिय सभाका सदस्यहरूले स्थानीयको भावना विपरित पाथीभरामा केबलकार बनाउन नहुने माग गरेका छन् ।

जाजरकोटका किसानले सुन्तला बिक्री गरेर २२ करोड बढी आम्दानी गरेका छन् । पाथीभरा केबलकारको बार्ता आजपनि निष्कर्षमा पुग्न सकेन ।

आजका आर्थिक समाचार :

सांसदको माग- स्थानीयको भावनाविपरीत केबलकार बनाउन हुँदैन

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले स्थानीय जनताको भावना विपरीत पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्दा समस्या उत्पन्न भएको धारणा राखेका छन् । बैठकको विशेष समयमा उनीहरूले धार्मिकस्थलको परम्परागत विशेषता, प्राकृतिक र सांस्कृतिक महत्वलाई मासेर पूर्वाधार निर्माण गर्न नहुनेमा जोड दिएका हुन् ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले पाथीभरामा स्थानीय जनताको भावना विपरीत केबलकार निर्माण अघि बढाउँदा समस्या उत्पन्न भएकाले यथाशीघ्र समस्या समाधान गर्नुपर्नेमा जोड दिइन्  । उनले स्थानीय जनताको चाहना विपरीत केबलकार निर्माण गर्दा त्यहाँको धार्मिकस्थल विरोधस्थलका रूपमा परिणत भएको उल्लेख गरिन् । 

अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान

यहाँको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष तीन लाख रुपैयाँ आम्दानी गरिन् ।  यस वर्ष चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताइन् । 

त्यसैगरी बेनी नगरपालिका– २ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो अम्रिसो बिक्री गरेर दुई लाख रुपैयाँ आम्दानी गरेको बताए । यहाँका किसानले अम्रिसो प्रतिकेजी एक सय २५ रुपैयाँका दरले बिक्री गर्दै आएका छन् ।

जाजरकोटमा सुन्तला बेचेर २२ करोड बढी आम्दानी

जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले २२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

जाजरकोट कृषि विकास कार्यालयका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले २२ करोड दुई लाख ७१ हजार पाँच सय आठ रुपैयाँ आम्दानी गरेका हुन् ।

८ अर्ब बढीको कारोबारसहित साढे ११ अंकले घट्यो नेप्से

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.४९ अंकले घटेको छ । आज नेप्से ०.४२ अंकले घटेर २६८८.३१ विन्दुमा पुगेको छ । आज नेप्से घट्दा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता शेयर कारोबार भएको छ ।
 
आज ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

पाथीभरा केबलकार वार्ता : आन्दोलित पक्षले गृहमन्त्री खोजे, विवाद जहाँको तहीँ

ताप्लेजुङको मुक्कुमुलुङ-पाथीभरा केबलकार विवादमा आइतबार सरकार र आन्दोलित पक्षबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । काठमाडौंको बबरमहलस्थित बसेरा होटलमा भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको आन्दोलित पक्षकी वार्ताकार सरस्वता लिम्बूले बताइन् ।

उनका अनुसार २ घण्टासम्म भएको वार्तामा सरकारका तर्फबाट संयोजक तोकिएका गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई मात्रै उपस्थित थिए ।

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती गर्दै स्वास्थ्यकर्मी

जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवा सुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् । 

गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा यहाँका मानसिङ पुनले भने अवसर खोज्दै डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । उनी पेसाले स्वास्थ्यकर्मी छन् । दिउँसोको समय नागरिकको उपचारमा खटिने उनी फुर्सदको समय बारीमा काम गर्छन् ।

कालीगण्डकी करिडोर : मुस्ताङमा मोटर चल्ने थप तीनवटा पुल निर्माण

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङमा मोटर चल्ने थप तीनवटा पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका– २ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ६ छुसाङको नर्सिङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा ३१ करोड ७८ लाखको लागतमा मोटरेबल पुल निर्माण गरेको हो ।

सुनको मूल्य बढ्यो

स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुकबार प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार २०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला रु २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला रु एक हजार ९६० मा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : ५३ बजे

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)

भोटेकोशी बाढीमा बेपत्ता भएकाको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

काठमाडौं– म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन

दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा,