बाँकेमा सालका रूख जोगाउन वन संवर्द्धन कार्यक्रम « Khabarhub

बाँकेमा सालका रूख जोगाउन वन संवर्द्धन कार्यक्रम


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेका सामुदायिक तथा चक्ला वनमा साल, अस्ना, कर्मालगायत प्रजातिका रूख जोगाउन वन संवर्द्धन प्रणाली अवलम्बन गरिएको छ ।

कुकाठका रूखले वन भरिएपछि डिभिजन वन कार्यालयले जिल्लाका २४ सामुदायिक वन र एउटा चक्ला वनमा ती प्रजातिका रूख संरक्षण गर्न वन संवर्द्धन प्रणाली सुरु गरेको हो ।

शम्शेरगन्ज माथेबस चक्ला वनको दुई हजार पाँच सय ७८ हेक्टर र त्रिशक्ति सामुदायिक वनसहित २४ वटा सामुदायिक वनका पाँच हजार आठ सय २५ हेक्टर क्षेत्रफलमा वन संवर्द्धन प्रणाली लागू गरेर सालका रुखका साथसाथै अन्य रूख बढाउने काम भइरहेको जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले जानकारी दिए  ।

कार्यालयले दुई हजार दुई सय हेक्टर नयाँ चक्ला वन विस्तार गर्ने कार्ययोजना बनाएको उनको भनाइ छ ।

वन संवर्द्धन प्रणाली लागू गरेपछि साल प्रजातिलगायत अन्य रुखको संरक्षण हुने विश्वास गरिएको छ । ‘यसको उद्देश्य सालका प्रजातिसँगै अन्य जातका प्रजातिलाई पनि जोगाएर वन क्षेत्रको संरक्षण गर्नु हो’, उनले भने ।

जिल्ला वन कार्यालयका सूचना अधिकारी टङ्कबहादुर गुरुङले सामुदायिक वनका उपभोक्ताले सो प्रणालीबाट प्रशस्त मात्रामा लाभ लिएको उल्लेख गर्दै काठ र दाउरा पनि प्रशस्त उपभोग गरेको बताए ।

सूचना अधिकारी गुरुङले सो प्रणालीबाट पिपल, वर, बेल र चराका बासस्थान (गुँड) हुने प्रजातिका रुखको समेत संरक्षण गरिएको जानकारी दिँदै ८० प्रतिशत सालका रूख र २० प्रतिशत अन्य रुखको संरक्षणमा जोड दिइएको बताए । दुई वर्षअघिबाट मात्र बाँकेमा वन संवर्द्धन प्रणाली सुरु भएको थियो ।

जिल्ला वन कार्यालयका अनुसार जिल्लामा एक सय १९ वटा सामुदायिक, चार धार्मिक, एक सय चार निजी र एउटा चक्ला वन रहेको छ ।

डिभिजन वन कार्यालय बाँकेले श्रीखण्ड प्रजातिको बिरुवा संरक्षणका लागि निःशुल्क बिरुवा वितरण गर्न थालेको छ । सूचना अधिकारी गुरुङले यस वर्ष १८ हजार बिरुवा उत्पादन गरेर वितरण गर्ने योजना रहेको जानकारी दिए । उनले यस वर्षदेखि नै ती बिरुवाको निःशुल्क वितरण हुने उल्लेख गरे ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ५३ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा