बार्सिलोनाका टिम डाक्टरको निधनले खेल रुद्ध « Khabarhub

बार्सिलोनाका टिम डाक्टरको निधनले खेल रुद्ध


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको शनिबार निर्धारित ओसासुनासँगको खेल रुद्ध भएको छ। खेल सुरु हुनु भन्दा २० मिनेट अघि क्लबका पहिलो टिम चिकित्सक कार्लोस मानारो गार्सियाको निधनमा खेल नहुने घोषणा भएको हो। त्यस समयमा धेरै जना दर्शक बार्सिलोनाको घरेलु मैदानमा पुगिसकेका थिए।

शनिबार साँझ नै गार्सियाको मृत्यु भएको हो। बार्सिलोनाका अध्यक्ष हुँवा लापोर्टाले उनको मृत्युमा समवेदना व्यक्त गरेका छन्।

बार्सिलोनाका खेलाडीले नै उनको सम्मान स्वरूप एक दिन खेल रोक्न गरेको निर्णयलाई स्वीकार गरिएको हो। शनिबार निर्धारित स्पेनिस ला लिगका अन्य खेल भने सञ्चालन भए।

सेल्टाभिगोले लेगानेसलाई २-१ ले, डेपोर्टिभोले भिल्लारयललाई १-० ले र भ्यालेन्सियाले रियल भालाडोलिडलाई २-१ ले हराए।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ९ : ०५ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा