ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्री- राष्ट्रपति हुँदाहुँदै नारायणहिटीको कुर्सीमा राख्दैमा कोही राजा हुँदैन « Khabarhub

ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्री- राष्ट्रपति हुँदाहुँदै नारायणहिटीको कुर्सीमा राख्दैमा कोही राजा हुँदैन


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व हुने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा आइतबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानअनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक पद्धतिमा हिँड्न आग्रह गरे ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले भावनामा बगेर देश नबन्ने स्पष्ट गरे ।

उनले मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका नेतालाई देशलाई प्रतिगमनतिर जान नदिएर एकै आवाजमा उभिएकामा धन्यवाद दिए ।

‘पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने भन्ने पनि चलाइएका छ । कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ? जनताले मानिदिन परेन ?’, उनले प्रश्न गरे, ‘रामचन्द्र पौडेल निर्वाचित भएर राष्ट्रपतिका रुपमा हुनुहुन्छ । अरू कसैलाई कुर्सीमा राख्दैमा कोही राजा हुने हो र ?’

प्रधानमन्त्री ओलीले अहिले दुई ठूला दलको सहमतिबमोजिम सरकार बनेको बताए । उनले सहमतिबमोजिम पूर्व घोषणाअनुसार सत्ता हस्तान्तरण गर्ने दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ७ : ०८ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज