यातायात कार्यालयबाटै नक्कली लाइसेन्स बिक्री, प्रतिमहिना तीन करोड सङ्कलन | Khabarhub Khabarhub

यातायात कार्यालयबाटै नक्कली लाइसेन्स बिक्री, प्रतिमहिना तीन करोड सङ्कलन


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकभर नक्कली सवारीचालक परिचयपत्र (ड्राइभिङ लाइसेन्स)को बिगबिगी छ । बिचौलिया र दलालहरूले सिस्टम ह्याक गर्नेदेखि मिलेमतोमा नक्कली लाइसेन्स बेचबिखन गर्ने गरेका खबर बाहिरिँदा यातायात व्यवस्था कार्यालय नेपालगञ्ज यस्तो अपराधको हब नै रहेको पुष्टि भएको छ ।

उक्त कार्यालयका कर्मचारीहरुले नक्कली सवारीचालक अनुमतिपत्र वितरण गरी महिनामै तीन करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन गरेको सरकारी नियामकले नै पुष्टि गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हान्दा ड्राइभिङ सेन्टर सञ्चालक र कार्यालयका तीन कर्मचारी पक्राउ परेका छन्‌ । उनीहरूको साथबाट नक्कली लाइसेन्स बनाउन प्रयोग भएको विद्युतीय उपकरणसमेत बरामद भएको आयोगले जनाएको छ ।

नक्कली लाइसेन्स बिक्री-वितरणमा सङ्लग्न रहेको भेटिएको जनाउँदै आयोगले यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेट (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरद कुमार गोराथोकीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई बाँकेका विभिन्न स्थानबाट पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : ४५ बजे

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान