आईपीएलमा हरायो चेन्नईको चमक : आर्यको विष्फोटक शतकमा पञ्जाब विजयी « Khabarhub

आईपीएलमा हरायो चेन्नईको चमक : आर्यको विष्फोटक शतकमा पञ्जाब विजयी


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको रोमाञ्चक खेलमा पन्जाब किङ्सले चेन्नई सुपर किंग्सलाई १८ रनले हराएको छ। पन्जाबले दिएको २२० रनको लक्ष्य पछ्याएको चेन्नई ५ विकेटको क्षतिमा २०१ रनमा समेटिएको हो।

पन्जाबलाई जित दिलाउने क्रममा प्रियांश आर्यले ३९ बलमा ९ छक्का र ७ चौकाको मद्दतमा विष्फोटक शतक प्रहार गरे। यस भन्दा अघि आईपीएलमा उनी भन्दा कम बलमा शतक बनाउने तीन खेलाडी मात्र छन्। क्रिस गेलले ३९, युसुफ पठानले ३७ तथा डेभिड मिलरले ३८ बलमा शतक बनाएका छन्।

खेलमा पाँच क्याच खेर फालेको चेन्नईबाट आर्यले पनि दुई पटक जीवन दान पाएका थिए।

आर्य ४२ बल १०३ रन जोडेर आउट भएपछि पन्जाबले ६ विकेटको क्षतिमा २१९ रन बनाएको हो। शशाङ्क सिंहले ३६ बलमा ५२ तथा मार्को जेन्सनले १९ बलमा ३४ रन जोडे।

शानदार सुरुवात गरेको चेन्नईका लागि रचिन रविन्द्रले २३ बलमा ३६ रन जोडे भने डेभिड कोन्वे ४९ बलमा ६९ रन बनाए। उनी रिटायर्ड हर्ट भएका थिए। शिवम् दुवेले २७ बलमा ३२ तथा महेन्द्र सिंह धोनीले १२ बलमा २७ रन जोडे।

४ खेलमा ती जितसहित पन्जाब चौथो स्थानमा छ। पाँच खेलमा लगातार चौथो हार व्यहोरेको चेन्नई नवौँ स्थानमा छ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : २३ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका