आईपीएलमा हरायो चेन्नईको चमक : आर्यको विष्फोटक शतकमा पञ्जाब विजयी « Khabarhub

आईपीएलमा हरायो चेन्नईको चमक : आर्यको विष्फोटक शतकमा पञ्जाब विजयी


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको रोमाञ्चक खेलमा पन्जाब किङ्सले चेन्नई सुपर किंग्सलाई १८ रनले हराएको छ। पन्जाबले दिएको २२० रनको लक्ष्य पछ्याएको चेन्नई ५ विकेटको क्षतिमा २०१ रनमा समेटिएको हो।

पन्जाबलाई जित दिलाउने क्रममा प्रियांश आर्यले ३९ बलमा ९ छक्का र ७ चौकाको मद्दतमा विष्फोटक शतक प्रहार गरे। यस भन्दा अघि आईपीएलमा उनी भन्दा कम बलमा शतक बनाउने तीन खेलाडी मात्र छन्। क्रिस गेलले ३९, युसुफ पठानले ३७ तथा डेभिड मिलरले ३८ बलमा शतक बनाएका छन्।

खेलमा पाँच क्याच खेर फालेको चेन्नईबाट आर्यले पनि दुई पटक जीवन दान पाएका थिए।

आर्य ४२ बल १०३ रन जोडेर आउट भएपछि पन्जाबले ६ विकेटको क्षतिमा २१९ रन बनाएको हो। शशाङ्क सिंहले ३६ बलमा ५२ तथा मार्को जेन्सनले १९ बलमा ३४ रन जोडे।

शानदार सुरुवात गरेको चेन्नईका लागि रचिन रविन्द्रले २३ बलमा ३६ रन जोडे भने डेभिड कोन्वे ४९ बलमा ६९ रन बनाए। उनी रिटायर्ड हर्ट भएका थिए। शिवम् दुवेले २७ बलमा ३२ तथा महेन्द्र सिंह धोनीले १२ बलमा २७ रन जोडे।

४ खेलमा ती जितसहित पन्जाब चौथो स्थानमा छ। पाँच खेलमा लगातार चौथो हार व्यहोरेको चेन्नई नवौँ स्थानमा छ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : २३ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल