अमेरिकासँग वार्ता गर्न इरान तयार | Khabarhub Khabarhub

अमेरिकासँग वार्ता गर्न इरान तयार


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानले आफ्नो आणविक कार्यक्रमको विषयमा अमेरिकासँग वार्ता गर्न तयार भएको बताएको छ।

इरानका विदेशमन्त्री अब्बबास अराग्चीले अमेरिकाले सबै सैन्य विकल्प बन्द गर्ने कुरामा विश्वस्त तुल्याएपछि आणविक निःशस्त्रीकरणको विषयमा छलफल हुनसक्ने बताएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आश्चर्यजनक रूपमा इरानसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताएपछि इरानको यो प्रतिक्रिया आएको हो। उनले ओमानमा शनिबार हुने भनिएको वार्ता अप्रत्यक्ष हुने कुरामा जोड दिएका छन्।

सन् २०१५ मा अमेरिका र इरानबीच सुरु भएको वार्ताको शिलशिला ट्रम्पको पहिलो कार्यकालमा नै बन्द भएको थियो। दोस्रो कार्यकालमा भने इरानसँगको वार्ता असफल भए यो सही नहुने ट्रम्पले बताएका छन्।

गत महिना ट्रम्पले नै संयुक्त अरब इमिरेटेस मार्फत् इरानलाई आणविक हतियारतर्फ उन्मुख नहुनका लागि पत्र लेखेका थिए। उनले अमेरिका र इजरायलबाट हुनसक्ने हवाई आक्रमणबाट बच्नका लागि सुरक्षित रहनका लागि सहयोगी हुने पनि सन्देश पठाएका थिए।

सोमबार इजरायली प्रधानमन्त्री बैन्जामिन नेतान्याहुसँगको भेटवार्तामा दुवै देशका नेता इरानका सामु वार्ताको प्रस्ताव राख्न तयार भएका थिए। वार्ता सहमतिमा नपुगेमा सैन्य विकल्पको खोजीमा दुवै देश रहेको जनाइएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : १६ बजे

कैलाली कारागार घटना : गृहमन्त्री लेखकको राजीनामा माग

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालले कैलाली कारागार घटनाको जिम्मा लिँदै

‘राज्यको सञ्चित कोषबाट रकम नजुट्दा पूर्वाधार निर्माणको समस्या समाधान गर्न विधेयक महत्वपूर्ण’

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यले पूर्वाधारमा लगानी गर्न

‘श्रम मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै अघि बढ्दैछ’

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा. कृष्णहरि पुष्करले

आफैंले बनाएको मदन भण्डारी फाउन्डेसनमाथि खनिए ओली, ‘पाखण्डी’ले ठगी खाने भाँडो बनाएको आरोप

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी

दिल्लीका बेवारिसे कुकुरहरूलाई पक्राउ गर्न भारतीय सर्वोच्च अदालतको आदेश

नयाँ दिल्ली- कुकुरको टोकाइमा वृद्धिपछि भारतको सर्वोच्च अदालतले सोमबार सार्वजनिक