चार देशीय टी–२० क्रिकेट : नेपालको विजयी सुरुवात « Khabarhub

चार देशीय टी–२० क्रिकेट : नेपालको विजयी सुरुवात


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । 

हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान भएको खेलमा कतारलाई ८ विकेटले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

कतारले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍याे । 
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३८ रन जोडे । यस्तै, कप्तान रोहित पौडेलले ३७, आसिफ शेखले ३३ तथा बसिर अहमदले ३० रन बनाए । कतारका मुजिबर उर रहमानले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । 

कतारका कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, शहजाद जामिलले ३१, मुजिब उर रहमानले २०, मोहम्मद इशदले १८ तथा अरुमुगागणेश नागराजनले १३ रनको योगदान दिए ।

नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।

प्रतियोगितामा नेपालसहित कुवेत, कतार र हङकङ सहभागी छन् । नेपालले बिहीबार कुवेतसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १० : ११ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार