चार देशीय टी–२० क्रिकेट : नेपालको विजयी सुरुवात « Khabarhub

चार देशीय टी–२० क्रिकेट : नेपालको विजयी सुरुवात


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । 

हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान भएको खेलमा कतारलाई ८ विकेटले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

कतारले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍याे । 
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३८ रन जोडे । यस्तै, कप्तान रोहित पौडेलले ३७, आसिफ शेखले ३३ तथा बसिर अहमदले ३० रन बनाए । कतारका मुजिबर उर रहमानले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । 

कतारका कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, शहजाद जामिलले ३१, मुजिब उर रहमानले २०, मोहम्मद इशदले १८ तथा अरुमुगागणेश नागराजनले १३ रनको योगदान दिए ।

नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।

प्रतियोगितामा नेपालसहित कुवेत, कतार र हङकङ सहभागी छन् । नेपालले बिहीबार कुवेतसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १० : ११ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी