शिक्षकको आन्दोलनमा नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता « Khabarhub

शिक्षकको आन्दोलनमा नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौंमा शिक्षकहरूले गरिरहेको आन्दोलनमा नेपाल बुद्धिजीवी सङ्गठनले ऐक्यबद्धता जनाएको छ ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष निलकण्ठ तिवारीले आज एक वक्तव्य जारी गर्दै गर्दै शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

‘नेपाल शिक्षक महासङ्घ र सरकारबीच यसअघि भएका विभिन्न सहमति, शिक्षण पेशाको मर्यादा र गरिमा, अहिलेसम्मको शान्तिपूर्ण र मर्यादित प्रदर्शन, लामो सयम सडकमा रहँदा उत्पन्न हुने सम्भावित मनोविज्ञान तथा विद्यार्थी, अभिभावक एवम् समग्र शैक्षिक वातावरणमा पर्ने असर समेतलाई महसुस गरी शिक्षकका मागमा ऐक्यबद्धता प्रकट गर्दै गम्भीर र जिम्मेबार बन्न सरकारसँग हाम्रो अनुरोध छ’, वक्तव्यमा भनिएको छ ।

सङ्गठनले सरकारले आफ्नो आवश्यकतामा अध्यादेश बनाइरहेको तर, विद्यालय शिक्षा विधेयकलाई अकर्मण्य बनाउनुले सरकारको नियतमाथि प्रश्न उठेको जनाएको छ । साथै, अहिलेको अवस्थालाई थप जटिलतातर्फ जान नदिन सङ्गठनले सरकारलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १० : ३४ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२