शिक्षकको आन्दोलनमा नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता « Khabarhub

शिक्षकको आन्दोलनमा नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौंमा शिक्षकहरूले गरिरहेको आन्दोलनमा नेपाल बुद्धिजीवी सङ्गठनले ऐक्यबद्धता जनाएको छ ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष निलकण्ठ तिवारीले आज एक वक्तव्य जारी गर्दै गर्दै शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

‘नेपाल शिक्षक महासङ्घ र सरकारबीच यसअघि भएका विभिन्न सहमति, शिक्षण पेशाको मर्यादा र गरिमा, अहिलेसम्मको शान्तिपूर्ण र मर्यादित प्रदर्शन, लामो सयम सडकमा रहँदा उत्पन्न हुने सम्भावित मनोविज्ञान तथा विद्यार्थी, अभिभावक एवम् समग्र शैक्षिक वातावरणमा पर्ने असर समेतलाई महसुस गरी शिक्षकका मागमा ऐक्यबद्धता प्रकट गर्दै गम्भीर र जिम्मेबार बन्न सरकारसँग हाम्रो अनुरोध छ’, वक्तव्यमा भनिएको छ ।

सङ्गठनले सरकारले आफ्नो आवश्यकतामा अध्यादेश बनाइरहेको तर, विद्यालय शिक्षा विधेयकलाई अकर्मण्य बनाउनुले सरकारको नियतमाथि प्रश्न उठेको जनाएको छ । साथै, अहिलेको अवस्थालाई थप जटिलतातर्फ जान नदिन सङ्गठनले सरकारलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १० : ३४ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार