शिक्षकको आन्दोलनमा नेविसंघको ऐक्यवद्धता, माग पूरा गर्न सरकारसँग आग्रह « Khabarhub

शिक्षकको आन्दोलनमा नेविसंघको ऐक्यवद्धता, माग पूरा गर्न सरकारसँग आग्रह


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग विद्यालय शिक्षामा निःशर्त लगानी वृद्धि गरेर शिक्षकका माग पूरा गर्न माग गरेको छ ।

सङ्घीय राजधानी काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै नेविसंघले बुधबार विज्ञप्तिमार्फत् विद्यालय शिक्षामा राज्यको निःशर्त लगानी वृद्धि गरेर शिक्षकका माग पूरा गर्न माग गरेको हो ।

अध्यक्ष दुजाङ शेर्पाले सरकार र नेपाल शिक्षक महासङ्घबीच पटकपटक भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयनमा देखिएको उदासीनता र विलम्बप्रति खेदसमेत व्यक्त गरेका छन् ।।

‘राष्ट्र निर्माणको आधारशिलाका रुपमा रहेका बालबालिकालाई शिक्षाको ज्योतिले मार्गदर्शन गराउने अहम् जिम्मेवारी बोकेको शिक्षण पेशा विश्वमानचित्रमा समेत एक मर्यादित एवं प्रतिष्ठित पेशाको रुपमा स्थापित रहेको तथ्यलाई मध्यनजर गर्दै शिक्षकहरू पुनः सडक आन्दोलनमा उत्रिनुपर्ने परिस्थिति निर्माण हुनु दुःखद विषय हो,’ नेविसंघले भनेको छ ।

शिक्षक महासङ्घ र सरकारबीच पटकपटक भएका सम्झौताका आधारमा शिक्षकहरूका जायज माग पूरा हुनेगरी अविलम्व विद्यालय शिक्षा ऐन जारी गर्न र घोषित शैक्षिक हडताल अन्त्य गरी विद्यालयको पठनपाठन सुचारु गर्न नेविसंघले शिक्षक महासङ्घ र सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ११ : ५६ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार