‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो-२०८१’ बिहीबारदेखि « Khabarhub

‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो-२०८१’ बिहीबारदेखि


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘दोस्रो नेशनल  हर्टिकल्चर एक्स्पो २०८१’ बिहीबारदेखि सुरु हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा यही चैत ३१ गतेसम्म  सञ्चालन हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजक नर्सरी व्यवसायी सङ्घ नेपालले जनाएको छ । 

समग्र नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाका रूपमा यस वर्षदेखि पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनको बृहत् प्रदर्शनी गरिने मेलाका संयोजक तथा सङ्घका वरिष्ठ उपाध्यक्ष रविनकुमार गौतमले जानकारी दिए ।

एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका ७०० भन्दा बढी प्रजातिका बोट बिरुवा प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिने छ । साथै मलखाद, जैविक एवं रासायनिक विषादी, बीउबिजन, गमला, औजार उपकरण तथा प्रविधिका समेत स्टल रहने छन् । 

यसपटक उपत्यका बाहिरका नर्सरी व्यवसायीको समेत सहभागिता र स्टल रहने हुनाले देशैभरका उत्पादनका बारेमा जानकारी लिन सजिलो हुने नर्सरी व्यवसायी सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए  । 

अध्यक्ष तिमिल्सिनाका अनुसार एक्स्पोमा कम्तीमा ५१ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै रु एक करोड २५ लाखभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा सङ्घको रहेको छ ।

मेलामा ७४ व्यावसायिक स्टल, तीन फुड स्टल, सात अफिसियल स्टल तथा प्रतिस्पर्धाका पाँच वटा स्टल रहने जनाइएको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति ५० रुपैयाँ रहेको छ । 

नर्सरी व्यवसायीको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । 

प्रतिस्पर्धाको मूल्याङ्कन गर्न कृषि बागवानी विज्ञ, वनस्पतिविज्ञ, साथै माटो तथा पर्यावरणविज्ञसहितको संलग्नतामा तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ र ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’द्वारा एक व्यवसायीलाई सम्मान गरिने नर्सरी व्यवसायी सङ्घले जनाएको छ । 

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १२ : ४५ बजे

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका

सातै प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : प्रशासनिक संरचना पुनरावलोकनदेखि खर्च कटौतीसम्म

विराटनगर- सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक शासनलाई सक्षम, चुस्त, मितव्ययी र

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको