संस्कृति संरक्षणमा पाल्पाका युवा जागरुक बन्दै « Khabarhub

संस्कृति संरक्षणमा पाल्पाका युवा जागरुक बन्दै


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पाल्पा– नेवार समुदायको संस्कृति जोगाउन तानसेनका युवा सक्रिय भएका छन् । नेवार समुदायमा रहेको मौलिक संस्कृति पछिल्लो समय हराउँदै गएपछि यहाँका युवाले विभिन्न पर्व, मेला तथा महोत्सव आयोजना गरी संस्कृति संरक्षण गर्न थालेका हुन् ।

नेवार समुदायको रहनसहन, परिकार, पहिरन, संस्कृति युवा पुस्ताले बिर्सिंदै गएपछि संरक्षणमा जुट्न थालिएको स्थानीय बताउँछन् । बढ्दो आधुनिकताको प्रभावसँगै यो समुदायले परापूर्वकालदेखि मान्दै आएका संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्न यहाँका युवाहरू सङ्गठित रूपमा लागेका हुन् ।

मौलिक खानाका परिकारसहित परम्परागत रूपमा खुवाइने भोजलाई आधुनिकताले विस्थापन गर्न लागेको अवस्थामा नेवार समुदायका युवा सङ्गठित बरजु गुठी पाल्पाले एक दिने नेवारी मौलिक भोज ‘नेवाः भ्वय्’ आयोजना गरेको जनाएको छ । नेवार समुदायको बाक्लो बसोबास रहेको तानसेन- ३ टक्सारटोलमा गुठीले मौलिक भोज आयोजना गरेको हो ।

भोजमा सहभागी पाहुनाले लस्करै बसेर सामूहिक नेवारी भोज खाएका छन् । नेवारी भाषामा ‘झ्व भ्वय्’ ले ‘लस्करै बसेर खाने भोज’ लाई बुझाउँछ । सहभागीमध्ये ज्येष्ठ सदस्यले खान सुरु गरेपछि अरूले खाने चलन छ । सोहीअनुसार ज्येष्ठ नागरिक तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले खान सुरु गरेपछि अन्य सहभागीले खाएका थिए । खानु अघि गुर्जु चिनियामान बज्राचार्य र नगरप्रमुख श्रेष्ठले नेवारी परम्पराअनुसार पूजा गरेर खाना खाने कार्यक्रमको शुभारम्भ गरे ।

भोजमा सहभागी हुन पुग्ने जोकोही व्यक्ति नेवारी भोजन र संस्कार देख्दा खुसी थिए । यो समुदायको भोज खाने आफ्नो नियम छ । सोही नियममा रहेर यहाँ पुग्नेहरूले भोजन गरेको नगरप्रमुख श्रेष्ठले बताए ।

नेवाः भोजमा सहभागीलाई सुकुलमा पलेँटी कसेर खाना खान राखिएको थियो । सुकुलको सबैभन्दा माथि ज्येष्ठ नागरिकलाई राखिएको थियो । भोज सालको पात (लप्ते) मा खुवाइएको हो । लप्तेमा भोजको प्रारम्भिक परिकारहरू राखिसकेपछि सबैभन्दा पहिले ज्येष्ठ नागरिकले खान सुरु गरेपछि अरूले खान सुरु गरेका भन्दै यो नेवारी परम्परा रहेको उनले जानकारी दिए ।

भोज सकेपछि दाँत कोट्याउने सिन्का (खौका) समेत दिइएको थियो । खौका लिएपछि भोज सकिन्छ । तर, ‘सकियो’ भनेर झ्वाट्ट उठ्न पाइँदैन । पहिलो लाइनका ज्येष्ठ नागरिकहरू उठेपछि मात्रै अरू उठ्ने गरिन्छ । गुठीका विनयराज बज्राचार्यले खानाको नियमबारे भोजमा सहभागीलाई जानकारी गराएका थिए । नेवारी संस्कार र संस्कृति जर्गेनाका लागि सहभागीबाट न्यूनतम शुल्क लिइएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १२ : ४८ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ