मेडिकल काउन्सिलको परीक्षा तालिका सार्वजनिक « Khabarhub

मेडिकल काउन्सिलको परीक्षा तालिका सार्वजनिक


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बुधबार सूचना जारी गर्दै काउन्सिलले २०८२ सालमा लिइने परीक्षाको वार्षिक तालिका प्रकाशित गरेको हो ।

तालिका अनुसार स्नातक तहको दर्ता प्रमाणपत्र परीक्षा पहिलो दिन २०८२ साल जेठ १२, १३ र १४ गते हुनेछ । दोस्रो परीक्षा २०८२ साल असोज ८, ९ र १० गते हुने छ भने अन्तिम परीक्षा २०८२ साल माघ १३, १४ र १५ गते हुनेछ ।

स्नातकोत्तर तहको विशेष परीक्षा पहिलो दिन २०८२ साल साउन १५ र १६ गते हुने छ । दोस्रो परीक्षा २०८२ साल मङ्सिर १६ र १७ गते हुने छ । यस्तै तेस्रो परीक्षा २०८२ साल चैत्र १९ र २० गते हुनेछ ।

पहिलो नाम दर्ता परीक्षाका लागि २०८१ चैत्र ३० गतेदेखि २०८२ वैशाख २८ गतेसम्म नियमित र वैशाख २९ र ३० गते विलम्ब शुल्कसहित अनलाइन आवेदन गर्न सूचित गरिएको छ ।

अनलाइन माध्यमबाट बुझाएको बाहेक आवेदन फाराम र शुल्क मान्य नहुने उल्लेख छ । विदेशी कलेजमा भर्ना भई कोभिडका कारण नेपालमा इन्टर्नसिप गरिरहेका विद्यार्थीले परीक्षामा सामेल हुनका लागि इन्टर्नसिप पूरा गरेको र आफू भर्ना भएको विश्वविद्यालयबाट इन्टर्नसिपसहित अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने बताइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १ : ३८ बजे

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५