मेडिकल काउन्सिलको परीक्षा तालिका सार्वजनिक « Khabarhub

मेडिकल काउन्सिलको परीक्षा तालिका सार्वजनिक


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बुधबार सूचना जारी गर्दै काउन्सिलले २०८२ सालमा लिइने परीक्षाको वार्षिक तालिका प्रकाशित गरेको हो ।

तालिका अनुसार स्नातक तहको दर्ता प्रमाणपत्र परीक्षा पहिलो दिन २०८२ साल जेठ १२, १३ र १४ गते हुनेछ । दोस्रो परीक्षा २०८२ साल असोज ८, ९ र १० गते हुने छ भने अन्तिम परीक्षा २०८२ साल माघ १३, १४ र १५ गते हुनेछ ।

स्नातकोत्तर तहको विशेष परीक्षा पहिलो दिन २०८२ साल साउन १५ र १६ गते हुने छ । दोस्रो परीक्षा २०८२ साल मङ्सिर १६ र १७ गते हुने छ । यस्तै तेस्रो परीक्षा २०८२ साल चैत्र १९ र २० गते हुनेछ ।

पहिलो नाम दर्ता परीक्षाका लागि २०८१ चैत्र ३० गतेदेखि २०८२ वैशाख २८ गतेसम्म नियमित र वैशाख २९ र ३० गते विलम्ब शुल्कसहित अनलाइन आवेदन गर्न सूचित गरिएको छ ।

अनलाइन माध्यमबाट बुझाएको बाहेक आवेदन फाराम र शुल्क मान्य नहुने उल्लेख छ । विदेशी कलेजमा भर्ना भई कोभिडका कारण नेपालमा इन्टर्नसिप गरिरहेका विद्यार्थीले परीक्षामा सामेल हुनका लागि इन्टर्नसिप पूरा गरेको र आफू भर्ना भएको विश्वविद्यालयबाट इन्टर्नसिपसहित अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने बताइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १ : ३८ बजे

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू