कर्णाली सरकारले गर्‍यो प्रदेशका परम्परागत विद्यालयको अवस्था अध्ययन « Khabarhub

कर्णाली सरकारले गर्‍यो प्रदेशका परम्परागत विद्यालयको अवस्था अध्ययन


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा गठित सात सदस्यीय कार्यदलले यहाँका परम्परागत तथा धार्मिक आस्था एवं पद्धतिमा आधारित विद्यालयको अध्ययन गरेको छ ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक दीपा हमालको संयोजकत्वमा गठित कार्यदलले यहाँ सञ्चालित गुरुकुल, गुम्बा र मदरसाको अवस्था अध्ययन गरी तयार पारेको प्रतिवेदन आज सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलाई हस्तान्तरण गरेको छ ।

कार्यदलले ती विद्यालयको सञ्चालन, व्यवस्थापनलगायतका विभिन्न पक्षमा अध्ययन, सवल पक्ष, समस्या, चुनौती र सम्भावनाका बारेमा प्रतिवेदन तयार पारेको कार्यदलका सदस्य सचिव तथा मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख सुवर्णकुमार खड्काले जानकारी दिए ।

प्रतिवेदन बुझ्दै सामाजिक विकासमन्त्री भण्डारीले सरकारले आगामी वार्षिक नीति तथा कार्यक्रममा परम्परागत तथा धार्मिक विद्यालयहरुको संरक्षण तथा प्रवद्र्धन र जनशक्ति व्यवस्थापनका कार्यक्रम ल्याउने बताए ।

कार्यदल संयोजक हमालका अनुसार चार महिनाको समय लगाएर स्थलगत अनुगमन तथा निरीक्षण गरी अध्ययन प्रतिवेदन तयार गरिएको छ ।

प्रदेश सरकारलाई परम्परागत विद्यालयको अवस्थाको जानकारी गराउने उद्देश्यले अध्ययन गरिएको हो ।

गुरुकुल, गुम्बा र मदरसाका प्रतिनिधिले प्रदेश सरकारले ती विद्यालयहरुको व्यवस्थापन तथा सञ्चालनका लागि ऐन नै ल्याउनुपर्ने सुझाव दिएका छन् । गुरुकुल, गुम्बा र मदरसा विद्यालयको शिक्षा पद्धतिअनुसार हाल कर्णालीमा १६ वटा परम्परागत तथा धार्मिक विद्यालय सञ्चालनमा रहेको कार्यदलका सदस्य डा दीपककुमार गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  २ : १३ बजे

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

प्याकेट ब्रान्डेड, मदिरा नक्कली : ललितपुरबाट पक्राउ परे चार जना

काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा नक्कली ब्राण्डेड

शर्मालाई स्वागत गर्न सर्वोच्च आइनन् सपना

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको चहानाअनुरुप प्रधानन्यायाधीशमा नियुक्त डा.

यस्तो पोर्चुगलको टोली, रोनाल्डोले ६ पटक विश्वकप खेल्दा कोको परे ?

काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई समेट्दै फिफा विश्वकपका लागि पोर्चुगलको टोली