गौतमबुद्ध विमानस्थल सञ्चालनको माग गर्दै रुपन्देहीका उद्योगी आन्दोलित | Khabarhub Khabarhub

गौतमबुद्ध विमानस्थल सञ्चालनको माग गर्दै रुपन्देहीका उद्योगी आन्दोलित


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न माग राख्दै रूपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।

उद्योगी व्यवसायीले विमानस्थल सञ्चालनका लागि सबै मिलेर निर्णायक आन्दोलन गर्ने उद्घोष गरेका हुन् । बुधबार भैरहवामा पत्रकार सम्मेलन गर्दै सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देहीले चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् ।

आन्दोलनमा विमानस्थल अगाडि धर्नालगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । सिद्धार्थ सञ्जाल रूपन्देहीको अगुवाइमा हुने आन्दोलनमा जिल्लाका सबै सङ्घ–संस्था रहने गरी संयुक्त आन्दोलन सङ्घर्ष समितिसमेत गठन गरिएको छ ।

पहिलो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै सङ्घ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिसँग छलफल गरी प्रतिबद्धता लिने, सम्बन्धित एयरलाइन्सका प्रमुखसँग छलफल गर्ने समितिका संयोजक तथा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।

त्यस्तै सम्पूर्ण सङ्घ–संस्था, राजनीतिक दल, आम सर्वसाधारण, जनप्रतिनिधिलगायत हजारौँको सङ्ख्यामा उपस्थिति भई विमानस्थल अगाडि अल्टिमेटम दिँदै शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखहरूसँग आन्दोलनका कार्यक्रमबारेमा ध्यानाकर्षण गराइने अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

त्यसैगरी कालोपट्टी बाँधेर दबाबमूलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण र्‍याली प्रदर्शन तथा बजार परिक्रमा गरिने उनले बताए । मागको सुनुवाइ नभए दोस्रो चरणको आन्दोलनअन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोधसभा र यति गर्दा पनि अन्तरराष्ट्रिय उडान सञ्चालन नभए आन्तरिक र बाह्य विमानस्थलको अगाडि विरोध गरिने ज्ञवालीले बताए ।

विमानस्थल सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकासहित यहाँ रहेका सम्पूर्ण पालिकाले पहल गर्नुपर्ने उनको माग छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेका वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर शेड्युल’ लिएका छैनन् । यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमानबाहेक अन्य अन्तर्राष्ट्रिय उडान हुने छैनन् ।

भैरहवाबाट उडान हुँदै आएका जजिरा एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसियाले समेत समर शेड्युल लिएका छैनन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  २ : २७ बजे

पाटनमा मनाइयो मतया पर्व (तस्बिरहरू)

काठमाडौं– पाटनमा सोमबार ‘मतया पर्व’ मनाइएको छ । गाईजात्राको भोलिपल्ट

चिनियाँ गाउँमा विकासको लहर देखेर शिक्षामन्त्री पन्त दंग

काठमाडौं- कुनैबेला चीनको एउटा गाउँको भ्रमण गरेका शिक्षा, विज्ञान तथा

२७ अंकले घट्यो नेप्से, कारोबार कति ?

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अंकले घटेको छ

कोशी प्रदेशसभा : विधेयकमा सैद्धान्तिक छलफल सुरु

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा

भदौको पहिलो साता ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भदौको