खेलकुद क्षेत्रको विकासमा सक्दो सहयोग हुनेछ : मुख्यमन्त्री लामा « Khabarhub

खेलकुद क्षेत्रको विकासमा सक्दो सहयोग हुनेछ : मुख्यमन्त्री लामा


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राम्रो अध्ययनका साथै खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीको ध्यान जानुपर्नेमा जोड दिएका छन्  । 

रसुवा जिल्ला खेलकुद विकास समितिद्वारा धुन्चेमा आयोजित १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले शारीरिक रूपमा चुस्तदुरुस्त भई सहज रूपमा काम गर्न र अन्तर्राष्ट्रिय जगत्मा समेत परिचित हुन खेलकुद विधातर्फ विद्यार्थीको ध्यान जान आवश्यक रहेको बताए ।  

रसुवा जिल्लाको खेलकुद विकास तथा विस्तारमा आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले २०७२ को ‘गोर्खा भूकम्प’ ले क्षति पुर्‍याएको जिल्ला खेलकुद भवन पुनर्निर्माण गरिदिने बताए।

ऐतिहासिक रसुवागढी नाका, लाङटाङ पर्यटकीय क्षेत्र, पवित्र तीर्थस्थल गोसाईंकुण्ड, विद्युत् उत्पादनका दृष्टिले महत्त्वपूर्ण जिल्लाका रूपमा परिचित रसुवा जिल्लाको समग्र विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने उल्लेख गर्दै मुख्यमन्त्री लामाले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको प्रवर्द्धन गर्न र  वन–वनस्पति तथा वन्यजन्तुलगायत जैविक विविधताको संरक्षणमा सहकार्य गर्न तयार रहेको स्पष्ट गरे  ।

सो अवसरमा प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले रसुवा जिल्लाको सडक–बाटो निर्माण तथा विस्तारसहित विकास निर्माणका कामलाई प्राथमिकतामा राखी आगामी वर्षको बजेट बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गरे ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ५ : २३ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको