नेपाली लेखकका दुई पुस्तक अंग्रेजी भाषामा सार्वजनिक | Khabarhub Khabarhub

नेपाली लेखकका दुई पुस्तक अंग्रेजी भाषामा सार्वजनिक


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपति घिमिरेद्वारा लिखित दुई पुस्तक अंग्रेजी भाषामा सार्वजनिक भएका छन् । एमाजन डट् कमले प्रकाशन गरेका वान्डरिङ वर्ड्स र थ्री डाइमेन्सन्स अफ बुद्धिजम नामक पुस्तक हालै अमेरिकामा सार्वजनिक भएका हुन् ।

एसिया, युरोप र उत्तर अमेरिकाका विभिन्न दश मुलुकहरूमा लेखकले गरेका यात्राहरूसम्बन्धी १८ रसिला निबन्धहरू वान्डरिङ् वर्ड्स् पुस्तकमा समावेश छन् ।

तीन महादेशका केही तरङ्ग उपशीर्षक रहेको सो नयाँ पुस्तकका बारेमा लेखक घिमिरेले भनेका छन्, ‘करिब आधा संसार ओगट्ने तीन महादेशको भूगोलको यात्रा हो यो । तर, यहाँ भूगोल मात्रै भेटिने छैन,छिचोल्दै जाँदा इतिहास,परम्परा, भाषा, धर्म, संस्कृति, सभ्यता, कला र साहित्य अनेक भेटिएला ।

कतै देवकोटा र घिमिरे भेटिएलान्, कतै सोफोक्लिज,सुकरात र शेक्सपियरहरू । कतै मोनालिसाको मुस्कानमा लठ्ठ परियो होला, कतै ट्याक्सी चालकका दुखमा तप्त भइयो होला ।

जुन जुन दृश्यले छोए आफूलाई,द्रष्टाका रूपमा तिनै दृश्यमा दृष्टि परेको होला । जे जे होला त्यो त यही पुस्तक भित्र होला, जे यहाँभित्र नहोला सो प्रवुद्ध पाठकले औंल्याउनु होला । मेरा कमी कमजोरी देखाउनु होला ।’

वान्डरिङ वर्ड्स शीर्षकमा त्यो किताब अनलाइन स्टोर एमाजन मार्फत संसारभर उपलब्ध रहेको जनाइएको छ ।

करीब एक दशक नेपालमा पत्रकारिता गरेर अमेरिका गएका घिमिरेको वान्डरिङ वर्ड्स दोस्रो कृति हो । सन् २०१३ मा नेपाली भाषामा बुद्धवादका तीन आयाम शीर्षकमा उनको पहिलो पुस्तक प्रकाशित भएको थियो ।

थ्री डाइमेन्सन्स अफ बुद्धिजम सोही सन् २०१३ मा नेपालीमा प्रकाशित बुद्धवादका तीन आयामको अंग्रेजी संस्करण भएको लेखक घिमिरेले बताएका छन् ।

सो पुस्तक थ्री डाइमेन्सन्स अफ बुद्धिजमले बौद्ध धर्म, दर्शन,इतिहास र साहित्यको बारेमा विस्तारमा चर्चा गरेको छ ।

बौद्ध धर्मको समग्र अध्ययन प्रस्तुत गरेको सो पुस्तकमा यसको दर्शन, इतिहास र बौद्ध धर्मको एसियाभरिको विस्तार समेटिएको छ ।

बौद्ध धर्मको उत्पत्ति र आधारभूत शिक्षाहरू,बुद्धको समय अघिको दार्शनिक पृष्ठभूमि, चार आर्य सत्य, अष्टाङ्गिक मार्ग र प्रतीत्यसमुत्पादको सिद्धान्तहरूका बारेमा विस्तृत व्याख्या गरिएको लेखक घिमिरेले बताए ।

समथा र विपश्यना ध्यान, चार ब्रह्मविहारहरू, दश अनुस्मृति र आरूप्य आदि ध्यान विधिहरूका वारेमा चर्चा गरिएको सो पुस्तकमा बौद्ध दार्शनिक सम्प्रदायहरू वैभाषिक, सौत्रान्तिक, माध्यमिक (शून्यवाद) र योगाचार (विज्ञानवाद) आदिको विशद विश्लेषण गरिएको छ ।

महायान बौद्ध धर्मको बोधिसत्व आदर्श र वज्रयान बौद्ध धर्मका शिक्षाहरू सो पुस्तकमा समेटिएका छन् ।

बौद्ध साहित्य खण्डमा पाली त्रिपिटक र महत्त्वपूर्ण महायान सूत्रहरू लगायत बौद्ध साहित्यको समग्र सिंहावलोकन गरिएको छ ।

बौद्ध इतिहास खण्डले बौद्ध धर्मको ऐतिहासिक विकासक्रमलाई समेटेको छ ।प्राथमिक कालका चार बौद्ध सम्मेलनहरू र एसियाका विभिन्न देशहरूमा बौद्ध धर्मको प्रसारबारे ऐतिहासिक तथ्यसहित विश्लेषण प्रस्तुत गरिएको छ ।

अन्तिम खण्डमा नालन्दा, वल्लभी, विक्रमशिला,जगदला,ओदान्तपुरी लगायतका प्रमुख ऐतिहासिक बौद्ध विश्वविद्यालयहरूको वारेमा उल्लेख गरिएको सो पुस्तक बौद्ध धर्मको दार्शनिक गहिराई, ऐतिहासिक विकास र सांस्कृतिक प्रभाव बुझ्न चाहने सबैका लागि अत्यन्त उपयोगी स्रोत भएको छ ।

नेपाली लेखकले अंग्रेजी भाषामा विश्व साहित्यमा यस्ता गहन कृति प्रस्तुत गर्नु सम्पूर्ण लेखकहरूका निमित्त गर्व र प्रेरणाको विषय हो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ५ : ३५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको