आठ महिनामा सरकारको खर्च ८ खर्ब ३९ अर्ब ३६ करोड « Khabarhub

आठ महिनामा सरकारको खर्च ८ खर्ब ३९ अर्ब ३६ करोड


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नेपाल सरकारको कुल खर्च ८ रुपैयाँ ३९ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सरकारले गरेको खर्च यस्तो देखिएको हो । 

समीक्षा अवधिमा चालु खर्च ५८४ अर्ब १३ करोड रुपैयाँ, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १७२ अर्ब ८९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७२० अर्ब ३५ करोड रुपैयाँ पुगेको तथ्यांकमा छ । यस अन्तर्गत कर राजस्व ६३८ अर्ब ८० करोड रुपैयाँ र गैर कर राजस्व ८१ अर्ब ५५ करोड रुपैयाँ परिचालन भएको केन्द्रीय बैंकले जारी गरेको तथ्यांकमा छ । 

२०८१ फागुन मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा ३९२ अर्ब ३६ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ५ : ४५ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत