आठ महिनामा सरकारको खर्च ८ खर्ब ३९ अर्ब ३६ करोड « Khabarhub

आठ महिनामा सरकारको खर्च ८ खर्ब ३९ अर्ब ३६ करोड


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नेपाल सरकारको कुल खर्च ८ रुपैयाँ ३९ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सरकारले गरेको खर्च यस्तो देखिएको हो । 

समीक्षा अवधिमा चालु खर्च ५८४ अर्ब १३ करोड रुपैयाँ, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १७२ अर्ब ८९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७२० अर्ब ३५ करोड रुपैयाँ पुगेको तथ्यांकमा छ । यस अन्तर्गत कर राजस्व ६३८ अर्ब ८० करोड रुपैयाँ र गैर कर राजस्व ८१ अर्ब ५५ करोड रुपैयाँ परिचालन भएको केन्द्रीय बैंकले जारी गरेको तथ्यांकमा छ । 

२०८१ फागुन मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा ३९२ अर्ब ३६ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ५ : ४५ बजे

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो