विदेशी मुद्राको सञ्चिति २४ खर्ब नाघ्यो, १४ महिना बढीको आयात धान्न पुग्ने « Khabarhub

विदेशी मुद्राको सञ्चिति २४ खर्ब नाघ्यो, १४ महिना बढीको आयात धान्न पुग्ने


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति २४ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.० प्रतिशतले वृद्धि भई २०८१ फागुन मसान्तमा २४०९ अर्ब २५ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ फागुन मसान्तमा १३.१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ फागुन मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २१३० अर्ब ३१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८१ फागुन मसान्तमा ४४.९ प्रतिशतले वृद्धि भई २७८ अर्ब ९५ करोड कायम भएको छ । 

२०८१ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । 

२०८१ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४२.२ प्रतिशत, ११९.४ प्रतिशत र ३३.० प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ५ : ५७ बजे

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक