पाणिनिको तपोभूमिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड « Khabarhub

पाणिनिको तपोभूमिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राचीन ज्ञानको संरक्षण र लुम्बिनी प्रदेशको पर्यटन विकासलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 

मुख्यमन्त्री आचार्यले आजदेखि सुरु भएको पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन गर्दै महर्षि पाणिनि र पतञ्जलीको योगदानलाई सम्मान गर्दै उनीहरूको तपोभूमिको गौरवलाई विश्वसामु उजागर गर्नु यस सम्मेलनको प्रमुख उद्देश्य भएको स्पष्ट पारे । सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

‘पाणिनिको तपोभूमिलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन्, संरक्षण र अन्तरराष्ट्रिय प्रचारमा प्रदेश सरकारले विशेष जोड दिएको छ’, मुख्यमन्त्री आचार्यले भने, ‘यी प्रयासले रोजगारी सिर्जना, आर्थिक समृद्धि र सांस्कृतिक जागरणको आधार तयार गर्नेछन् ।’

उनले समुद्र सतहदेखि छ हजार सात सय ७३ फिट उचाइमा अवस्थित पाणिनि क्षेत्रलाई महर्षि पाणिनिको तपोभूमिका रूपमा उल्लेख गर्दै यस क्षेत्रको ऐतिहासिक, धार्मिक र प्राज्ञिक महत्वबारे प्रकाश पारे । उनले लुम्बिनी प्रदेशलाई प्राचीन सभ्यता, संस्कृति र ज्ञानको सङ्गमस्थलको रूपमा चित्रण गर्दै यहाँका पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटन प्रवर्द्धनमा सरकार अघि बढेको जानकारी दिए  ।

सम्मेलनमा प्राज्ञिक क्षेत्रका प्रतिनिधि, अनुसन्धानकर्ता र सहभागी छन् । मुख्यमन्त्री आचार्यले पाणिनि र पतञ्जलीको योगदानलाई विश्वव्यापी सम्मान दिलाउन संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे ।

प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रको योजनाबद्ध विकास गर्न प्रदेश सरकार र सङ्घीय सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताए  ।

उनले पर्यटन क्षेत्रको विकास र मुलुकको आर्थिक समृद्धिका लागि छिमेकी देश चीन र भारतबाट पर्यटक भित्र्याउने गरी योजना बनाउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : ४३ बजे

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’

काठमाडौँ – अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १ गते सोमबार । औंसी

आज २०८३ साल असार १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १ गते सोमबार । औंसी