शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल « Khabarhub

शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्ने बताएका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै एक सातादेखि आन्दोलनरत शिक्षकले उठाउँदै आएको नयाँ शिक्षा ऐन ल्याउनुपर्नेलगायत जायज मागहरू पूरा गर्नुपर्ने बताए।

शिक्षकहरूको जायज र न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै नेता खनालले देशभरका शिक्षकका जायज मागप्रति सम्पूर्ण न्यायप्रेमी, देशभक्त जनता र शक्तिहरूको सहयोगको अपेक्षा गरे ।

ज्ञानका माध्यमबाट शिक्षाको ज्योति फैलाउने गुरुहरुले समस्त बालबालिकालाई शिक्षाको आलोकबाट समाजलाई आलोकित गरिरहेको बताउँदै उनले शिक्षकहरूले बालेको नवचेतनाको ज्योतिले देशको भविष्य निर्माणमा योगदान गरिरहेको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले शिक्षकहरू सिङ्गो समाजका गुरुहरू भएकाले उनीहरूका मागलाई पूरा गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ९ : ३७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ