बारको अध्यक्षमा मिश्र विजयी हुने निश्चित « Khabarhub

बारको अध्यक्षमा मिश्र विजयी हुने निश्चित


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिमा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र विजयी हुने निश्चित भएको छ ।

नेपाल बार एशोसिएशन निर्वाचन २०८१ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार नौ हजार चार सय ३७ मत गणना गर्दा अध्यक्षको उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्रले चार हजार आठ सय ९२ मत र उनका निकटतम् प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार दुई सय २९ मत प्राप्त गरेका छन् । अब ५६० मत मात्रै गणना गर्न बाँकी छ ।

महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले चार हजार सात सय चार र महासचिवका अर्का उम्मेदवार यज्ञमणि न्यौपानेले दुई हजार २९ मत प्राप्त गरेका छन् ।

प्रमुख निर्वाचन अधिकृत निरालाका अनुसार आजका लागि मतगणना यतिमै रोकेर भोलि बिहान ८ बजेबाट पुनःगणना गुरू गरिनेछ । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो ।

बारको नयाँ कार्य समिति चयन गर्न नौ हजार नौ सय ९७ मतदाता रहेकामा सात हजार नौ सय ९५ (८० प्रतिशत) मत खसेको थियो । कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियोे ।

वरिष्ठ अधिवक्ता प्रा डा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता कोइराला रहेका छन् भने वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहमा अधिवक्ता न्यौपानेको रहेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १० : २७ बजे

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर