आज २०८२ साल वैशाख २६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख २६ गते शुक्रबारको राशिफल


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २६ गते शुक्रबार। वैशाख शुक्ल पक्षको द्वादशी तिथि। कानुन दिवस। तदनुसार सन् २०२५ मे ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन सामान्य राम्रो छ। विपक्षी सक्रिय भएकाले जोगिएर काम गर्नुपर्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। औषधी नियमित गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सहकार्य सहज बन्नेछ भने शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सोचेका काम बन्नेछन्।

मिथुन : आफ्नै बोलीले समस्या हुने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जतमाथि प्रश्न उठ्ने जोखिम छ।

कर्कट : दिन राम्रो छ। सहकार्यमा गरेको लगानीबाट नाफा हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ। शिक्षा क्षेत्रमा थप मिहिनेत गर्न सके प्रगति हुनेछ। संकटमा आफन्तको साथ मिल्नेछ।

सिंह : साथी विपक्षी कित्तामा पुगेकाले काम गर्दा सचेत बन्नुपर्ने छ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। अध्ययनमा जोस र जाँगर बढ्नेछ।

कन्या : मन प्रशन्न हुने दिन छ। राजनीतिक बाहेक सबै क्षेत्रमा सुधार हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षामा गरेको श्रमको उचित मूल्यांकन हुनेछ। विपक्षी भनेका साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको सल्लाह लिएर अगाडि बढेमा दीर्घकालसम्मको योजना सफल बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन शान्त बन्नेछ। शिक्षामा गहिरो अध्ययन देखेर साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनु : राजनीतिक क्षेत्रमा साथीभाइले घेराबन्दी गर्ने जोखिम छ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। आमदानीका दृष्टिले विदेशबाट फाइदा हुनेछ।

मकर : रोगबाट मुक्त हुने दिन छ। यथार्थ भन्दा धेरै नबोल्नु राम्रो हुनेछ। परिवारमा गोपनीयता सुरक्षित गर्नुपर्नेछ। शिक्षा क्षेत्रमा लगानी गरेको भए नाफा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : संकटको सामना गर्नुपर्र्ने दिन छ। मन अशान्त बन्नेछ। नराम्रो कुरा बढी आउँदा मनमा छटपटी हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। विपक्षी साथीबाट जोगिएर काम गर्नुपर्नेछ।

मीन : सप्तम भावमा उदयमान चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ। शनिदेवका कारणले साथीले तपाईंको कुरा काट्नेछन्। सहकर्मीबाट जोगिएर काम गर्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ५ : ०३ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच