सम्पत्तिको ९९ प्रतिशत दान गर्ने बिल गेट्सको चाहना « Khabarhub

सम्पत्तिको ९९ प्रतिशत दान गर्ने बिल गेट्सको चाहना


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिलिनियर बिल गेट्सले सन् २०४५ सम्ममा आफूले कमाएको ९९ प्रतिशत दान गरेर सक्ने योजना बनाएका छन्।

गेट्सले आफ्नो फाउन्डेसनमार्फत् त्यो सबैगरी सक्ने बताएका हुन्। उनले ब्लगमा मृत्यु पछिको कुरामा ध्यान दिनु भन्दा जिउँदो भएको समयमा नै धेरै गर्न चाहेको बताएका छन्।

६९ वर्षीय गेटले अहिले नै स्वास्थ्य क्षेत्र र विकासका लागि आफ्नो फाउन्डेसनमार्फत एक अर्ब अमेरिकी डलर खर्च गरेका छन्। अब उनले थप २ अर्ब अमेरिकी डलर खर्च गर्ने अनुमान गरिएको छ।

गेट्सले सन् १८८९ मा आन्द्रेयु कार्नेगाइइले लेखेको द गेस्पेल अफ वेल्थ प्रेरणाको श्रोत भएको बताउँछन्। समुदायमा लागि धनी व्यक्तिको जिम्मेवारी सो पुस्तकमा लेखेका छन्।

यस २० वर्षमा समुदायमा आवश्यक पर्दा सहयोग गर्न सक्ने अन्य धेरै जनाको उदय हुने विश्वास रहेको समेत गेट्सले बताएका छन्। ब्लुमवर्गको डेटा अनुसार गेट्स संसारका पाँचौँ धनी व्यक्ति हुन्।

पाउल एलनसँग मिलेर गेटले सन् १९७५ मा सञ्चालन गरेको माइक्रोसफ्टले नै कम्प्युटरको संसारमा पकड जमाएको हो। सन् २००० मा प्रमुख कार्यकारी पद त्यागेका उनले २०१४ मा अध्यक्ष पद पनि छाडिसकेका छन्।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ८ : १२ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर