गभर्नर नियुक्तिको विषय चाँडै टुंगिने सभापति देउवाको विश्वास « Khabarhub

गभर्नर नियुक्तिको विषय चाँडै टुंगिने सभापति देउवाको विश्वास


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय चाँडै टुंगिने बताएका छन् ।

बूढानीलकण्ठमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै टुंगिने बताएका हुन् ।

बैठकमा नेताहरूले गभर्नर नियुक्तिको विषयमा चासो राखेपछि सभापति देउवाले जवाफ दिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार सभापति देउवाले व्यवसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्व जाओस् भन्ने आफूले चाहेका छन् ।

व्यवसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्व गए मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सहज हुने देउवाको आशय थियो । जसका लागि सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधनमन्त्री केपी शर्मा ओलीसँगको सहमतिमा निर्णय हुने उनको भनाइ थियो ।

‘राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय पनि निकै ढिला भएको छ भन्ने कुरा चासो त्यहाँ प्रकट भयो । सभापतिज्यूले चाडै टुंगिने र राष्ट्र बैंकको नेतृत्व यस्तो व्यवसायिक व्यक्तिको हातमा जानु पर्‍यो । जसले मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सकोस् । त्यसको अब चाडो निर्णय हुन्छ । एउटा सहमतिबाट निर्णय हुन्छ भन्ने कुरा उहाँले राख्नुभएको छ,’ प्रवक्ता महतले भने ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : ३२ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा