लोकतान्त्रिक पद्धतिको अवलम्बन गरेर नीति तथा कार्यक्रम परिमार्जन गर्नुपर्छ : सांसद शर्मा « Khabarhub

लोकतान्त्रिक पद्धतिको अवलम्बन गरेर नीति तथा कार्यक्रम परिमार्जन गर्नुपर्छ : सांसद शर्मा


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले लोकतान्त्रिक पद्धतिको अवलम्बन गरेर सरकारले संसद्मा पेस गरेको वार्षिक नीति तथा कार्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारले लोकतान्त्रिक पद्धति अवलम्बन गरेर परिमार्जन गर्न सक्ने विधि अनुशरण गर्न सक्नु पर्नेमा जोड दिइन् ।

सांसद शर्माले सरकारको वार्षिक नीति तथा कार्यक्रम अमूर्त, अस्पष्ट र दिशाहीन भएको पनि टिप्पणी गरिन् । उनले माओवादी केन्द्र नेतृत्वको पूर्ववर्ती सरकारले अगाडि बढाएका राम्रा काम खारेज गरेको आरोप लगाइन् । 

‘नीति कार्यक्रम सुन्दै, पढ्दै गर्दा अलि बढी अमूर्त, अस्पष्ट, दिशानिर्देश नभएको, विगतको समीक्षा नगरिएको, विगतको सरकारले अगाडि बढाएका राम्रा सबै काम खारेज गरेको महसुस भएको छ,’ शर्माले भनिन् ।  

उनले समाजवादको आधार तय गर्न संविधानमा उल्लेख गरिएका विषयहरूमा सरकारको नीति तथा कार्यक्रम मौन रहेको पनि बताइन् । ‘संविधानमा उल्लेखित विषयहरू जसको कार्यान्वयनबाट समाजवादको आधार तय हुन्थ्यो, ती विषयहरूमा नीति कार्यक्रम मौन छ,’ सांसद शर्माले भनिन्, ‘उत्पीडित समुदायको पक्षमा सरकार उभिन सकेको छैन ।’

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : ०५ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर