उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना « Khabarhub

उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभाग प्रमुखहरूसँग लिखित कार्ययोजना माग गरेका छन् ।

पटकपटक समीक्षा भएर पनि काम नभएपछि उनले मन्त्रालय मातहतका विभाग प्रमुखहरूसँग लिखित कार्ययोजना माग गरेका हुन् । सहरी विकास मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षमा भएका कामहरूको समीक्षा बैठकमा मन्त्री सिंहले कार्यप्रगतिलाई लिएर चित्त बुझाउने ठाउँ नदेखिएको बताए । 

बैठकमा विभागका प्रमुखहरूले आफ्नो विभागको कार्यप्रगतिबारे जानकारी गराएका थिए । कार्यप्रगति सन्तोषजनक नदेखिएको भन्दै उपप्रधानमन्त्री सिंहले समीक्षा बैठकमा भएका कुरालाई गम्भीरताका साथ पालना गर्दै परिणाम निकाल्ने गरी काम गर्न निर्देशन दिए । 

उपप्रधानमन्त्री सिंहले विभागीय प्रमुखहरूसँग तीन दिनभित्र लिखित कार्ययोजना पेस गर्न निर्देशन दिएको बैठकमा सहभागि एक विभाग प्रमुखले जानकारी दिए । 

नीतिगत रुपमा र विभागलाई काम गर्ने क्रममा आउने समस्याको समाधानका लागि मन्त्रीको तहबाट समाधानका लागि पहल गर्ने भने पनि विभागहरूको कार्यक्षमतामा सुधार नदेखिएको भन्दै सिंह असन्तुष्ट छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : १७ बजे

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)