बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन « Khabarhub

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे घले संग्रहालय, तारा स्मारकको शुक्रबार उद्‌घाटन गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले यी महान सैनिक गोर्खालीका कारण नेपाल त्यतिबेलादेखि वीरताको प्रतीकका रुपमा बारपाकलाई विश्वभर चिनाउने काम उनै वीरताको प्रतीक, वीर सपूत भिसी गजे घलेले गरेको बताए । 

उनको योगदानको स्मरण र उनीप्रति सम्मान गर्दै भिसी गजे घलेको जीवनी र योगदानले नेपालीहरू, गोर्खालीहरू, बारपाकीहरुलाई आँट, साहस, उत्साह र देशप्रतिको कर्तव्यबोध गराएको बताए । 

उनी विश्वका लागि प्रेरणादायी व्यक्तित्व रहेको भन्दै मुख्यमन्त्री पाण्डेले भिसी गजे घले जस्तो वीर सपूत जन्माउने बारपाकको माटो र सैन्य क्षेत्रमा सेवा गर्ने बाहलवाला र भूपूहरु सबैप्रति मुख्यमन्त्री उच्च सम्मान व्यक्त गरे । 

सोही अवसरमा गजे घले पुस्तक पनि मुख्यमन्त्रीले विमोचन गरे । भिसी गजे घले दोस्रो विश्वयुद्धमा वीरता प्रदर्शन गरी बेलायतको सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्राप्त गर्ने गोर्खा सैनिक हुन् । १३ जना नेपालीले भिक्टोरिया क्रस प्राप्त गरेका थिए ।  तीमध्ये ३ जना गोरखाका थिए । 

बारपाकसँग बहादुरी जोड्ने काम उनले गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले हरेक बेलायती र अझै गोर्खा सैनिकले उनको बहादुरी प्रति अहिले पनि गर्व गर्ने बताए । उनै भिसी गजे घलेको स्मृतीमा परिवारले बारपाकमा संग्रहालय निर्माण गरेको हो । यो जिवन्त छ ।

भिसी गजे घलेको गाउँ हेर्न, जिवनी बुझ्न, पढ्न, जान्न, अध्ययन, अनुसन्धान गर्न र राष्ट्रप्रतिको कर्तव्य बोध गराउन उनका ब्यक्तिगत सामग्रीहरु, जिवनीका बारेमा यहाँ उल्लेख छ । यसले सैनिकहरुमा उत्साह र जिम्मेवारीबोध गराउन मद्धत पुग्ने मुख्यमन्त्रीले बताए । 

भूतपूर्व सैनिकहरु जसले देशको शिर उच्च राख्दै जागिरको शिलशिलामा आफ्नो कर्तब्य पूरा गरेर अहिले सेवा निवृत्त भए अब हाम्रो देश, समाज निर्माणमा उनीहरुको भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्रीको भनाइ छ ।

सैनिक जिवनमा सिकेका अनुशासन, देश र समाजप्रतिको उत्तरदायित्वलाई कर्तब्यनिष्ठ भएर पालना गर्न गराउनमा योगदान दिन उनले अनुरोध गरे । बारपाकमा निर्माण हुन लागेको भूपु कल्याकारी सेवा समाजको भवन निर्माणका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग हुने उनले बताए । 

बारपाकको विकास निर्माणका बारेमा प्रदेश सरकारको स्रोत साधनले भ्याउँदा सम्म प्राथमिकता दिइएको र अब पनि दिने मुख्यमन्त्रीले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ५ : ०२ बजे

१६ कानुनी र प्रशासनिक जटिलता हटाउन संघीय सरकारको ध्यानाकर्षण गराइने

पोखरा– गण्डकी प्रदेश सरकारले विकास निर्माण र अधिकार क्षेत्रमा देखिएका

कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी

काठमाडौं– कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि वन

गोविन्दाको वैवाहिक विवादमा नयाँ ट्विस्ट, ‘अफेयर’ आरोपदेखि कोमलसँगको भेटसम्म

काठमाडौँ – बलिउडका चर्चित अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता

ओखलढुङ्गा–रुम्जाटार सडक कालोपत्र गरिँदै

ओखलढुङ्गा– ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको

मलको माग उच्च, आपूर्ति न्यून

सुदूरपश्चिम– धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि