अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र « Khabarhub

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने सामग्री अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ ।

हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता सामग्री खरिद गर्नु परिरहेको छ ।

अस्पताल फार्मेसीमा उपचार सामग्री नहुँदा निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आएपछि स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले शल्यक्रियापछि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट व्यवस्था गर्न भनेका थिए ।

सोहीअनुसार सचिवस्तरीय निर्णयमार्फत मन्त्रालयले अब अस्पतालमा सबै बिरामीले देख्ने स्थानमा मूल्य सार्वजनिक हुने तथा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने गरी निर्णय गरेर परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

यस्तै, बिक्रेताहरूलाई बढी मूल्य लिनबाट रोक्न सबै अस्पतालले आर्थिक वर्षमा कुनै रोगको प्रत्यारोपण, शल्यक्रिया तथा उपचारका लागि नयाँ खालको वस्तु आवश्यक परेमा कम्पनी, आधिकारिक बिक्रेता तथा मूल्य सार्वजनिक गरेर मात्र बिरामीले प्राप्त गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले पत्राचार गरेको छ । मन्त्रालयले बिरामीको गुनासो आउने वातावरण आउन नदिन पनि भनेको छ । 

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ९ : ०४ बजे

श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

बागमती– श्रम तथा रोजगार कार्यालयले श्रम कानुनको उल्लङ्घन गरेका दुई

फेवा नव वर्ष महोत्सवको तयारी तीव्र

काठमाडौं– हरेक नयाँ वर्षका अवसरमा पोखरामा आयोजना हुने फेवा नव

मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी

काठमाडौं– सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) टोली र रक्षा

क्यान्सर रोग विशेषज्ञ डा.प्रकाशराज न्यौपानेको निधन

काठमाडौं– वरिष्ठ तथा अनुभवी क्यान्सर रोग विशेषज्ञ (सर्जिकल अन्कोलोजिस्ट) डा.प्रकाशराज

रास्वपा उपसभापति अर्यालले दर्ता गराए सभामुखमा उम्मेदवारी

काठमाडौं– प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति