लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छ : अध्यक्ष शर्मा « Khabarhub

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छ : अध्यक्ष शर्मा


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

 गोदावरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुने बताएकी छन् । 

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले  आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय संवाद एवं ‘फ्रि मिडिया नेटवर्क गठन’ कार्यक्रममा उनले आमनागरिकलाई सु–सूचित गर्ने काममा पत्रकारको भूमिका महत्वपूर्ण भएकाले पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन जरुरी रहेको उल्लेख गरिन्। 

पछिल्लो पटक पत्रकारिता पेसामा विभिन्न चुनौती देखापरेको उल्लेख गर्दै उनले पत्रकार स्वयंले आफ्नो सुरक्षाको लागि विशेष ध्यान दिन आवश्यक रहेको धारणा राखिन्। उनले प्रदेशस्तरमा गठन भएको फ्रि मिडिया नेटवर्कले आमनागरिकको स्वतन्त्रता, प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितता प्रदान गर्न मद्दत मिल्ने बताइन्।

उनले नेटवर्कमा नागरिक समाजका अगुवा, सरकारी निकायका प्रतिनिधि लगायतको सहभागिता रहने भएकाले पत्रकारलाई सुरक्षासँगै सूचनाको पहुँच बढाउन सहयोग पुग्ने भनाइ व्यक्त गरिन्। आमनागरिक समाजको पत्रकारिताप्रति रहँदै आएको विश्वासलाई जोगाउन पत्रकारले विशेष ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो । 

अध्यक्ष शर्माले देशभरका सामसञ्चार माध्ययमले विभिन्न संकट झेल्दै आएको उल्लेख गर्दै सञ्चारमाध्यमले झेल्दै आएको आर्थिक संकटका कारण पत्रकार पलायन हुने अवस्था रहेको स्मरण गरिन्। 

यसैबीच आजै नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहको नेतृत्वमा १७ सदस्यीय फ्रि मिडिया नेटवर्क गठन गरिएको छ । उक्त नेटवर्कमा नागरिक समाज, सरकारी निकाय र पत्रकार सम्बद्ध विभिन्न संगठनका प्रतिनिधिहरु छन् । 
 

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १२ : ३६ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको