गैरआवासीय नेपालीलाई राज्यका निकायले चिन्ने नागरिकता दिन माग « Khabarhub

गैरआवासीय नेपालीलाई राज्यका निकायले चिन्ने नागरिकता दिन माग


२६ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरेका छन् ।  

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले गैरआवासीय नेपालीलाई राज्यले प्रदान गरेको नागरिकतालाई नेपालकै निकायहरूले मान्यता नदिएकाले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरेका हुन् । 

गैरआवासीय नेपालीहरूलाई अहिले गैर आवासीय नागरिकता प्रदान हुँदै आएको छ । तर अंशबन्डा लगायतमा गैर आवासीय नागरिकतालाई मान्यता नदिएको उनीहरूको गुनासो छ ।

छलफलका क्रममा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली नागरिकसरहको अधिकार हुने गरी नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए । 

उनले सांसद हुन चाहने व्यक्ति नेपालको नागरिक मात्रै हुनुपर्नेमा आफूहरू स्पष्ट रहेको भन्दै अन्य अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता दिने व्यवस्था कानुनमा गर्नुपर्ने उल्लेख गरे ।

त्यस्तै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष रविना थापाले मालपोतले समेत नचिन्ने गैर आवासीय नागरिकताले समस्या उत्पन्न भएकाले वंशको आधारमा नागरिकता लिएका नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्ने सुझाव दिइन् ।

त्यस्तै ब्रिटिस गोर्खा सैनिकहरूले पनि नागरिकतामा विभेद भएकाले अव कानुन बनाउँदा त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरेका थिए । 

समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीका लागि प्रदान गरिने नागरिकताका सम्बन्धमा सरकारले स्पष्ट धारणा ल्याउने र त्यसलाई विधेयकमा समावेश गरिने प्रतिबद्धता जनाए ।  

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  १ : २५ बजे

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौँ– राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही

किसानलाई जै घाँसको बीउ वितरण, पशुलाई पोषणयुक्त आहारा हुने

बनेपा– रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध

बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (तस्बिरहरू)

गोरखा– बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती

प्रतिकूल मौसमको जोखिम : उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

काठमाडौँ – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा,