विपक्षीलाई कांग्रेसको जवाफ- घोषणा पत्रमै लेखेको छ, अर्को चुनावमा पनि लेखौँला « Khabarhub

विपक्षीलाई कांग्रेसको जवाफ- घोषणा पत्रमै लेखेको छ, अर्को चुनावमा पनि लेखौँला


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले भिजिट भिसा प्रकरण र गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि समिति बनाउन इन्कार गरेको छ । प्रतिपक्षी दलहरूसँग सोमबार भएको छलफलमा कांग्रेसले छानबिन समिति गठनको प्रस्ताव इन्कार गरेको हो ।

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा मानव तस्करी रोक्न सर्वदलीय बिशेष समिति बनाएर अघि बढ्ने प्रस्ताव गरिएको थियो ।

तर, कांग्रेसले रास्वपाले गरेको प्रस्तावबारे आफूले चुनावी घोषणा पत्रमै लेखेको जवाफ दिएको छ । बैठक बिनानिष्कर्ष टुंगिएपछि छलफलका क्रममा रास्वपाले कांग्रेस सामु राखेको प्रस्ताव र कांग्रेसले दिएको जवाफ सामाजिक सञ्जाल एक्स (ट्विटर) मा साझा गरेका छन् ।

‘रास्वपा : सर्वदलीय विशेष समिति बनाएर यो देशमा रहेको मानव तस्करी रोकौं,’ कार्यवाहक प्रवक्ता झाले लेखेका छन्, ‘कांग्रेसः त्यो त हाम्रो चुनावी घोषणापत्रमा लेखेको नै छ नि । आउँदो निर्वाचनमा पनि लेखौँला ।’

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरूको मागमा कांग्रेस सहमत नभएपछि बैठक बिनानिष्कर्ष टुंगिएको जानकारी दिए ।

उनले खबरहबसँग भने, ‘छानबिन समिति बनाउन नेपाली कांग्रेस सहमत भएन । छलफलमा केही निष्कर्ष निस्केन ।’

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार कांग्रेससँगको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र प्रतिपक्षी रास्वपाका नेताहरू सहभागी थिए ।

आइतबार पनि बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  २ : ५१ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

रास्वपा महाधिवेशनमा मतदानको समय साढे चार बजेसम्म थपियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन

रामकुमारीको आरोप- सरकारले आफ्ना जोगाएर विपक्षीमाथि धरपकड गर्‍यो    

काठमाडौं– नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन