चीनमा घट्दै गएको जनसङ्ख्या बढाउन के गर्ने ? यस्तो छ नयाँ अनुसन्धानको सुझाव « Khabarhub

चीनमा घट्दै गएको जनसङ्ख्या बढाउन के गर्ने ? यस्तो छ नयाँ अनुसन्धानको सुझाव


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले तीव्र रूपमा घट्दो जनसङ्ख्या र बढ्दो वृद्धावस्थाको चुनौती सामना गरिरहेको छ । जन्मदर यति घटेको छ कि आगामी वर्षहरूमा चीनको आर्थिक वृद्धिदर पनि सुस्त हुन सक्ने चिन्ता छ । एउटा नयाँ अनुसन्धानले यस संकटसँग जुध्न रोचक सुझाव दिएको छ ।

नयाँ अनुसन्धानले बालबालिकाको हेरचाहका लागि पुरुषलाई पनि आर्थिक सहयोग वा अनुदान दिइयो भने महिलामा परिवार पाल्ने चाहना बढ्न सक्छ भन्ने उपाय सुझाएको छ । यो उपाय लागू गरे चीनको घट्दो जन्मदरलाई रोक्न सकिने अनुसन्धानको निष्कर्ष छ ।

फुदान युनिभर्सिटी र हङकङ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानमा महिलालाई मात्रै अनुदान दिँदा परम्परागत सोचलाई बलियो बनाउने बताइएको छ । पुरुषहरूलाई पनि सन्तान हुर्काउन सक्रिय रूपमा सहभागी हुन प्रोत्साहित गरियो भने समाजमा सन्तुलन सिर्जना हुने र लामो समयसम्म धेरै सन्तान जन्माउने इच्छा बढ्ने दाबी गरिएको छ ।

चीनमा सन् २०२४ मा लगातार तेस्रो वर्ष कुल जनसङ्ख्या घटेर १ अर्ब ४० करोड पुगेको छ । सोही अवधिमा चीनको प्रजनन दर प्रति महिला १.१ बच्चामा सीमित भएको छ । यो जनसङ्ख्या स्थिर राख्न आवश्यक २.१ को स्तर भन्दा धेरै तल हो ।

२३ देशको तथ्याङ्कलाई विश्लेषण गरी सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा अहिले पनि चीन र धेरै पूर्वी एसियाली देशहरूमा बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी महिलाको मात्रै रहेको पत्ता लागेको छ । अहिले महिलाहरु पनि श्रम बजारमा आउन थालेकाले यो असन्तुलन गहिरो बन्दै गएको छ पाइएको छ । यो अझ बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ३ : ३६ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,