बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो | Khabarhub Khabarhub

बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता गोरखाको सहिद लखन गाउँपालिका–३ का राजेश श्रेष्ठको शव सश्स्त्र प्रहरी बलको गोताखोरले फेला पारेका छन् ।

गोतखोर टिमका दीपेन्द्र विष्ट र माधव भुसालले आज तालको ३५ फिट गहिराइमा श्रेष्ठको शव भेटाएको कास्कीस्थित सशस्त्र प्रहरी बल, नेपालको नं. २४ गणका गणपति सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

उक्त गणका सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको टोली शवको खोज तथा उद्धारमा खटिएको गणपति तिमिल्सेनाले जानकारी दिए । 

अन्य व्यक्तिसँगै डुङ्गा सयरमा निस्किएका श्रेष्ठ फर्कँदा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएका थिए। श्रेष्ठको शव प्रहरीलाई जिम्मा लगाइएको छ ।
 

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ५ : ०८ बजे

दुई ठाउँको हाटबजारले कृषक र उपभोक्तालाई सहज

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा विस्तार गरिएको हाटबजारले कृषक र उपभोक्तालाई

इन्डोनेसियामा विद्यालय भवन ढल्दा गयो दर्जनौँको ज्यान, उद्धार कार्य जारी

एजेन्सी– इन्डोनेसियाको विद्यालय भवन ढलेर अस्थिर कङ्क्रिटको भग्नावशेषमा फसेका विद्यार्थीहरूलाई

रामेछाप–लुक्ला हवाई उडान सुरु

मन्थली– रामेछाप–लुक्ला हवाई उडान सुरु भएको छ । शरद ऋतुमा

दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका

काठमाडौं– दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी

भारत–भुटानबीच पहिलो सीमापार रेल परियोजना, चार वर्षमै सम्पन्न हुने

नयाँदिल्ली– भारत र भुटानले पहिलो पटक दुवै देशलाई जोड्ने सीमापार