आधा घण्टालाई रोकिएको संसद् बैठक अब बुधबार मात्रै बस्ने « Khabarhub

आधा घण्टालाई रोकिएको संसद् बैठक अब बुधबार मात्रै बस्ने


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विपक्षी दलको अवरोधपछि आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको अब बुधबार दिउँसो मात्रै बस्ने भएको छ

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र त्रिभुवन विमानस्थल अध्यागन कार्यालयमा भएको भिजिट भिसा सेटिङको छानबिन मागसहित आन्दोलित विपक्षीको निरन्तरको अवरोधपछि अब संसद् बैठक बुधबार दिउँसो मात्रै बस्ने भएको हो ।

सोमबार दिउँसो बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टालाई स्थगित गरेका थिए । तर लेखक प्रकरणमा सहमति नभएपछि दुई दिनलाई बैठक रोकिएको हो ।

मा‌ओवादी र एकीकृत समाजवादी गृहमन्त्री लेखकको राजीनामाबाट ब्याक भए पनि रास्वपाले राजीनामाको अडान छाडेको छैन । उसले सोमबार नेपाली कांग्रेससँग ५ बुँदे प्रस्ताव पनि गरेको छ । जसमा गृहमन्त्रीको राजीनामाको निर्णय हुनुपर्ने अडान पनि राखिएको छ ।

भिजिट भिसा प्रकरणमा विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदनमा अवरोधलाई निरन्तरता दिएका छन् । माओवादी र समाजवादी छानबिन समितिमा फर्किन तयार भए पनि त्यो गठनका लागि समेत कांग्रेस तयार भएको छैन ।

यसअघि आइतबार पनि सहमतिको कोसिस भएको थियो । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सांसद ज्ञानेन्द्रबहादुर कार्कीलगायत छलफलमा जुटेका थिए । एमालेले भने कांग्रेस र विपक्षीबीचको निष्कर्ष स्वीकार्ने जनाएको थियो ।

यो छलफलमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ र सन्तोष परियारसहित सहभागी थिए । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे पनि छलफलमा थिए । रास्वपाले गृहमन्त्रीको राजीनामाको अडान नछाडेका कारण सोमबार पनि सहमति नभएको हो ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ५ : २६ बजे

एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य

खोटाङ – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा यहाँको हलेसी तुवाचुङ नगरपालिका–९

कतारले भन्यो : हर्मुजलाई ‘ब्ल्याकमेल’ गर्ने स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन

दोहा – मध्यपूर्व युद्ध सुरु भएदेखि नै अवरुद्ध गरेको ‘स्ट्रेट

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला

रसुवामा डिपबोरिङ, पाँच सय घरपरिवार लाभान्वित

रसुवा – रसुवाको कटुन्जेमा भूमिगत पानीको व्यवस्था गरिएसँगै धैवुङ क्षेत्रका

नीति तथा कार्यक्रममा द्रुत बस सेवा : असफल प्रयोग दोहोर्‍याउने सरकारको तयारी

काठमाडौं– तत्कालीन सरकारले २०८०, असोज ३ अर्थात् संविधान दिवसको अवसरमा