हनिमुनमा हिँडेका पतिको प्रेमीसँग मिलेर हत्या, नेपालतिर भाग्दै गर्दा समातिइन् सोनम « Khabarhub

हनिमुनमा हिँडेका पतिको प्रेमीसँग मिलेर हत्या, नेपालतिर भाग्दै गर्दा समातिइन् सोनम


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

इन्दौर- भारतको मध्यप्रदेश राज्यस्थित इन्दौरका ट्रान्सपोर्ट व्यवसायी राजा रघुवंशीको हत्या प्रकरणमा चकित पार्ने खुलासा भइरहेका छन् ।

पत्नी सोनम रघुवंशीले आफ्नै प्रेमीसँग मिलेर हनिमुन मनाउने क्रममा साथमै रहेका श्रीमानको हत्या गरेपछि नेपाल भाग्ने योजना बनाएकी भारतीय सञ्चारमाध्यमल जनाएका छन् ।

उनले नवविवाहित पतिको हत्यापश्चात् ९ लाख नगद र गहना लिएर फरार भएको प्रहरीले पुष्टि गरेको छ।

सोनमले हत्या योजनाका लागि मेघालयको ‘डबल डेकर रूट’ जस्तो दुर्गम र पर्यटकीय क्षेत्रलाई छनोट गरेकी थिइन्।

२३ मेमा सासुसँगको फोन संवादमा उनले झरना हेर्न नचाहेको अभिनय गरेकी थिइन् । तर वास्तविकतामा त्यो स्थान पतिको हत्या गर्न उपयुक्त ठानेर नै जान चाहेको खुलेको छ।

हत्या योजनाबद्ध- प्रेमी ‘राज’समेत मतियार

सोनमका प्रेमी राज कुशवाहा उमेरमा उनीभन्दा पाँच वर्ष कान्छा छन् । उनले नै इन्दौरबाट तीन युवालाई शिलाङसम्म पठाएर हत्यामा सहभागी गराएका थिए।

हत्याका लागि सुपारी किलरहरू विशाल चौहान, आकाश राजपूत र आनन्दलाई प्रयोग गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

हत्यापछि राज आफैँ शिलाङ गएनन् । तर फोनमार्फत सम्पर्कमा रहँदै योजना कार्यान्वयन गरे । हत्यापछि राजा रघुवंशीको शव खोंचमा फालिएको थियो।

सोनमबाट नगद, गहना बरामद

सोनमले आफ्नै घरबाट ९ लाख नगद र विवाहमा पाएको गहना लिएर भागेकी थिइन्। उनले केही दिन वाराणसीमा बिताइन्, त्यसपछि गोरखपुर हुँदै नेपाल छिर्ने योजना बनाएकी थिइन्। त्यही क्रममा उनी बाटोमा गाजीपुर पुगिसकेकी थिइन्, जहाँ उनलाई प्रहरीले पक्राउ गर्‍यो ।

प्रहरी अनुसार, उनलाई १६ दिनसम्म लुक्न र यात्रा गर्न दुई अन्य युवकले पनि सहयोग गरेका थिए। हत्यामा संलग्न युवकहरूलाई इन्दौर फर्कन उनैले रकमसमेत दिएकी थिइन्।

‘पर्ची प्रणाली’ चिनजान र हत्या

सोनम र राजा रघुवंशीको विवाह ‘रघुवंशी समाज’मा प्रयोग हुने ‘पर्ची प्रणाली’बाट तय भएको थियो। दुवै परिवार एक–अर्कालाई पहिले चिन्दैनथे।

विवाहअघि सोनम बुवाको प्लाइवुड कम्पनीमा एचआर म्यानेजरका रूपमा कार्यरत थिइन्। त्यही कम्पनीमा काम गर्ने राज कुशवाहासँग उनी नजिकिएर सम्बन्ध सुरु भएको आशंका प्रहरीले गरेको छ।

बिहेपछि कश्मीरमा हनिमुन मनाउने योजना बनेको थियो । तर पहलगाममा आतङ्कवादी आक्रमण भएपछि त्यो सम्भव भएन। त्यसपछि सोनमले राजालाई जबर्जस्ती मेघालय जान दबाब दिइन् । उनले २० मेको टिकट बुक गरिसकेको बताइन्। त्यही यात्रा राजा रघुवंशीको जीवनको अन्त्यको कारण बन्यो ।

फोनले खुल्यो षड्यन्त्र

प्रहरीले सोनमको मोबाइल विवरण खोतल्दा उनी हत्या योजनामा संलग्न युवासँग लगातार सम्पर्कमा रहेको पाइएको छ।

हत्याको रात राजा र सोनमसँग भएका सामाग्रीहरू छुट्टाछुट्टै ठाउँमा फालिएका थिए। यिनै प्रमाणहरूको आधारमा प्रहरीले सोनम नै उक्त प्रकरणको मास्टरमाइन्ड रहेको खुलायो । यता परिवारले भने सोनमको मृत्यु भएको अनुमान गरेका थिए । उता सोनमका पिताले सीबीआईसँग अनुसन्धानको माग गरेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ८ : ०० बजे

भारतमा कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक