सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा « Khabarhub

सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कर्णाली– सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित सभामार्फत ‘सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा’ गरिएको हो । 

सो अवसरमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा हुनसकेकोप्रति बधाई ज्ञापन गर्दै यसको निरन्तरतामा जोड दिन आग्रह गरे ।
 
बदलिएको व्यवस्थापश्चात् स्वास्थ्य जनशक्ति बढे पनि यसका सूचकहरुमा सुधार आउन नसकिरहेको बताउँदै मन्त्री भण्डारीले भने, ‘बढ्दो बसाइँसराइका कारण सुर्खेतमा वीरेन्द्रनगरजस्ता स्थानीय तहहरूमा चुनौती थपिएको छ । यसमा स्वास्थ्यकर्मीको सक्रियता र जिम्मेवारीपन बढी हुन आवश्यक छ । रोग निदानमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सक्रियताले सहज भएको छ ।’

प्रदेश खोप समितिका संयोजक एवं सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले रोग निराकरणका लागि खोपले टेवा पुग्ने बताए। कर्णालीका सात जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेकाले यो अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको मनोबल उच्च राख्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए । 

विकटताको कारण खोप कार्यक्रममा अझै चुनौतीपूर्ण रहेको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति सुर्खेत प्रमुख गङ्गाराम सुनारले बताए। विसं २०३५ देखि खोप कार्यक्रम सुर्खेतमा सुरु भए पनि पूर्णखोप सुनिश्चितता र दिगोपनाको जिल्ला घोषणा हुन करिब आधा शताब्दी कुर्नुपरेको उनको भनाइ थियो । 
 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १२ : ४३ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी