मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण | Khabarhub Khabarhub

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मल्लकालीन बस्तीका रूपमा रहेको चित्रपुरका स्ववासीलाई सयौँ वर्षदेखि उपभोग गर्दै आइएको जग्गाको स्रेस्ता पुर्जा वितरण गरिएको छ । नापी कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका-४ दधीकोट चित्रपुरका लालपूर्जाबिहीन स्ववासीलाई जग्गाको स्रेस्ता अर्थात् धनी पुर्जा वितरण गरेको हो । 
    
जिल्ला नापी कार्यालय भक्तपुरले साविक दधीकोट गाविस-८ र ९ हालको सूर्यविनायक-४ का ९८ जना स्ववासीलाई बुधबार आयोजित एक कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पुर्जा वितरण गरेका हुन् । नापी कार्यालयका प्रमुख डा प्रदीप सापकोटा, भूमि आयोग भक्तपुरका अध्यक्ष दीपक बिसुङ्गेलगायतले स्ववासीलाई पुर्जा वितरण गरेको नगर कार्यालयले जनाएको छ ।

नगरप्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले लामो समयदेखि प्रयोग गरिएको तर जग्गा स्रेस्ता दर्ता कायम नभएको स्ववासीलाई जग्गाको स्रेस्ता पुर्जा वितरण गरिएको बताउँदै पुर्जा पाएसँगै स्थानीयको मुहारमा मुस्कान देख्न पाइएको उल्लेख गरे । 

आफैँले उपभोग गर्दै आएको, पक्की घरसमेत निर्माण भइसकेको जग्गा आफ्नो नाममा नहुँदा सरकारले जफत गर्ने त्रास र बैंकमा धितो राखेर ऋण लिन पनि नमिल्ने अवस्था अन्त्य भएको नगर प्रवक्ता सापकोटाले बताए। नगरपालिकाको निरन्तर पहलपछि स्ववासीलाई स्रेस्ता पुर्जा वितरण गर्न सफल भइएको उनको भनाइ छ ।
 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १ : ०० बजे

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको

८४ फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिँदै

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गाउँपालिकामा भगवान् गौतम बुद्धको ८४ फिट

अमेरिकी हवाई र युरोपेली स्थल सेना युक्रेन सुरक्षाको हिस्सा हुनसक्छ : ट्रम्प

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी हवाई सहयोग र

आज कर्णाली प्रदेश स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

कर्णाली– कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ

कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल