रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो « Khabarhub

रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ । 

नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्य रातभर बाढी प्रभावित क्षेत्र रसुवामा खटिएर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र ऊर्जामन्त्रीसँगै हेलिकप्टरमा रसुवागढी नाका पुगेका उनले त्यहाँको क्षतिका बारेमा जानकारी लिएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले खोज तथा उद्धारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् संरचना तथा जलविद्युत् आयोजना मर्मत, पुनःस्थापना र सम्भावित थप जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तत्परताका साथ अगाडि बढाइने बताएका थिए ।

रसुवाबाट प्रतिनिधिसभाको सांसदमा निर्वाचित भएका आचार्य गएराति रसुवागढी नाकामा बास बसी प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग घटनाका विषयमा जानकारी लिँदै आगामी योजनाका बारेमा छलफल गरेका थिए ।

बाढीपहिरोका कारण हाल गोसाइँकुण्ड गाउँपालिका-२ मा पर्ने रसुवागढी, टिमुरे, घट्टेखोला क्षेत्रमा विद्युत् अवरुद्ध हुनुका साथै टेलिफोन सेवाले समेत काम नगरेको सांसद आचार्यले बताए। उनका अनुसार बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल, रसुवागढी जलविद्युत् आयोजनाको बाँध, इन्टेक, ट्रान्सपोर्ट र भन्सारमा ल्याएर राखिएका गाडी बगाएका छन् । 
    
यस्तै, उक्त बाढीमा परेर नौ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् । बाढीले रसुवागढी नाकाबाट स्याफ्रुबेंसीसम्मको बाटोमा क्षति पुर्‍याएको छ भने सो स्थानमा आवतजावतसमेत बन्द भएको सांसद आचार्यले जानकारी दिए । नयाँ बाटो निर्माण गर्न नसकेसम्म आवतजावतमा समस्या हुने उनको भनाइ छ । 
 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १ : १० बजे

मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल : जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो