गुजरातमा पुल भत्किँदा नदीमा खसे गाडी, ९ जनाको मृत्यु  « Khabarhub

गुजरातमा पुल भत्किँदा नदीमा खसे गाडी, ९ जनाको मृत्यु 


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुजरातको वडोदरास्थित महिसागर नदीमा बनेको पक्की पुल बुधबार बिहान भत्किँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ। दुर्घटनाको समयमा पुलबाट सवारीसाधन नदीमा खस्दा यात्रुको ज्यान गएको हो ।  

 पुल भत्किँदा दुईवटा ट्रक, दुईवटा कार र एक रिक्सा गरी पाँचवटा सवारी नदीमा खसेका थिए । एउटा ट्यांकर भत्किएको पुल छेउमा अड्किएको छ।

सो दुर्घटनामा ८ जनालाई स्थानीयले उद्धार गरेका छन्। उद्धारका लागि दमकल विभागका तीन टोली खटाइएको छ। ४५ वर्ष पुरानो यो पुलले मध्यगुजरातलाई सौराष्ट्रसँग जोड्थ्यो।

पुल भत्किएपछि भरुच, सुरत, नवसारी, तापी र वलसाडजस्ता दक्षिण गुजरातका सहरहरूबाट सौराष्ट्र पुग्न थप समय लाग्नेछ। अब यात्रुहरूलाई अहमदाबाद भएर लामो बाटो प्रयोग गर्नुपर्नेछ।

यस घटनामा घाइतेमध्ये ६ जनालाई पादरा अस्पताल र २ जनालाई वडोदरास्थित सयाजी अस्पतालमा स्थानान्तरण गरिएको छ। 

स्थानीयले प्रशासनप्रति आक्रोश व्यक्त गरे। उनीहरूका अनुसार ४५ वर्ष पुरानो पुलको मर्मतका लागि प्रशासनलाई पटक–पटक जानकारी दिइएको थियो। तर प्रशासनको लापरवाहीका कारण दुर्घटना भएको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १ : २० बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी