इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै प्राध्यापकले शैक्षिक गतिविधि ठप्प पार्ने « Khabarhub

इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै प्राध्यापकले शैक्षिक गतिविधि ठप्प पार्ने


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै आन्दोलनरत प्राध्यापकहरूले सम्पूर्ण शैक्षिक गतिविधिहरू ठप्प पार्ने निर्णय गरेका छन् ।  

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ–इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका इकाईहरूले बुधबार संयुक्त रूपमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पत्रकार सम्मेलन गर्दै आफ्ना माग पुरा नभएको भन्दै सम्पूर्ण शैक्षिक गतिविधिहरू ठप्प पार्ने निर्णय गरेको जनाएको हो ।

उनीहरूले इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेका विकेन्द्रीकरण र स्वायत्तताको निरन्तर सुनिश्चित गर्नुपर्ने र संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खोज गर्नुपर्ने माग राखेका छन् ।

आफ्ना मागका बारेमा उपकुलपतिको कार्यालयमा ध्यानाकर्षण माग पत्र बुझाएर कालोपट्टीसहिको धर्ना कार्यक्रम गर्दा पनि मागका बारेमा सुनुवाइ नभएकाले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत विभिन्न पदमा कार्यरत पदाधिकारीबाट सामूहिक स्वैच्छिक राजीनामाका साथै सम्पूर्ण शैक्षिक गतिविधिहरू बन्द गर्ने निर्णय गरिएको प्रा.डा. सङ्गीता सिंहले जानकारी दिइन् ।

इन्जिनियरिङ शिक्षाको गुणस्तर र गरिमा बचाउने काममा आफू निरन्तर लाग्ने उनीहरूले जनाएका छन् । 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : २७ बजे

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति

विपद्‍को आशा बनेर चम्किएका पाँच अनुहार : कसैले ज्यान बचाए, कसैले लिए घर बनाउने जिम्मा

काठमाडौं- जब भोटेकोशी र त्रिशूलीको उर्लिँदो भेलले बस्ती बगाउँदै थियो,

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त