इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै प्राध्यापकले शैक्षिक गतिविधि ठप्प पार्ने | Khabarhub Khabarhub

इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै प्राध्यापकले शैक्षिक गतिविधि ठप्प पार्ने


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै आन्दोलनरत प्राध्यापकहरूले सम्पूर्ण शैक्षिक गतिविधिहरू ठप्प पार्ने निर्णय गरेका छन् ।  

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ–इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका इकाईहरूले बुधबार संयुक्त रूपमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पत्रकार सम्मेलन गर्दै आफ्ना माग पुरा नभएको भन्दै सम्पूर्ण शैक्षिक गतिविधिहरू ठप्प पार्ने निर्णय गरेको जनाएको हो ।

उनीहरूले इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेका विकेन्द्रीकरण र स्वायत्तताको निरन्तर सुनिश्चित गर्नुपर्ने र संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खोज गर्नुपर्ने माग राखेका छन् ।

आफ्ना मागका बारेमा उपकुलपतिको कार्यालयमा ध्यानाकर्षण माग पत्र बुझाएर कालोपट्टीसहिको धर्ना कार्यक्रम गर्दा पनि मागका बारेमा सुनुवाइ नभएकाले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत विभिन्न पदमा कार्यरत पदाधिकारीबाट सामूहिक स्वैच्छिक राजीनामाका साथै सम्पूर्ण शैक्षिक गतिविधिहरू बन्द गर्ने निर्णय गरिएको प्रा.डा. सङ्गीता सिंहले जानकारी दिइन् ।

इन्जिनियरिङ शिक्षाको गुणस्तर र गरिमा बचाउने काममा आफू निरन्तर लाग्ने उनीहरूले जनाएका छन् । 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : २७ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं